रञ्जन अधिकारी, पोखरा । विभिन्न सामाजिक क्रियाकलापमा आफूलाई सक्रिय बनाउँदै आएको दाह्री ग्याङका पोखराका सदस्यहरुले वृहत रुपमा वर्षेनी रक्तदान कार्यक्रम गर्दै आएका छन् ।
स्थापना लगत्तै रक्तदान कार्यक्रम गरेर युवा दिवस मनाउन थालेका उनीहरुको यो कार्यक्रम वर्षेनी झन् झन् भव्य बन्दै गएको छ । तेस्रो वर्ष आईपुग्दा एउटै कार्यक्रममा २०१ युनिट रगत संकलन गर्न सफल भए । पहिलो रक्तदानमा १०३ युनिट रगत संकलन भएको थियो भने गत वर्ष १६५ जनाले रगत दिएका थिए ।
पहिलो वर्षः पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (फोटो फिचर)
दोस्रो वर्षः दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’, १६५ युनिट संकलन(फोटो फिचर)
अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर आयोजित खुल्ला रक्तदान कार्यक्रममा दाह्री पाल्ने र सौखिन युवाहरुलाई युवतीहरुले पनि उत्तिकै साथ दिए ।

गत वर्ष झैं यसपटक पनि दाह्री ग्याङ पोखराले केदारेश्वर मन्दिर छिर्ने गेट नेरै कार्यक्रम आयोजना गरे । किनकि, आज अन्तिम साउने सोमबार हो । मेला भन्दा कम जमघट नहुने दिन पारेर यो कार्यक्रम आयोजना गरे । केहि युवतीहरु भित्र शिव पूजन गरी बाहिर निस्केर रगत दिई मानवीय धर्म गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दाह्री पाल्ने र मन पराउने युवाहरु एकताबद्ध भई वर्षेनी यस्तो कार्यक्रम गर्नु अत्यन्त प्रशंसायोग्य रहेको बताए । उनले पहिलो रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्की अध्यक्ष तीर्थराज अवस्थीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।अवस्थीको यो ५४ औं पटक हो ।
रेडक्रस सोसाइटी कास्की उपसभापति डण्डराज शर्मा, क्षेत्रीय रक्तसञ्चार सेवा, पोखराका अर्जुन ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रममा दृष्टिविहीन सम्राट गौतमले १३ औं पटक रक्तदान गरे भने कान्छो सक्रिय सदस्य आशिष पुरी १८ वर्ष पूरा भएपछि पहिलो पटक रक्तदान गरे ।
समूहका संयोजक बसन्त पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक संयोजक शेखर गौतमले गरे । कार्यक्रमको सञ्चालन देउता पौडेल र विक्रम पाण्डे (अभिमन्यु)ले गरेका थिए । कार्यक्रममा ग्रुपका सक्रिय सदस्य महेन्द्र पहारीले दाह्री अनि देशको समसामयिक अवस्थाबारे व्यंग्य प्रहार गर्दै ¥याप गीत समेत प्रस्तुत गरे ।
कार्यक्रमलाई क्षेत्रीय रक्तसञ्चार, मुल्थोक टोल बिकास संस्थाको सहयोग रहेको थियो ।
हेर्नुहोस् तस्विरहरु:













तस्विरः आयोजकबाट प्राप्त
सम्बन्धित समाचारहरुः
फेवाताल सफाईमा यसरी जुट्यो ‘दाह्री ग्याङ’ (हेर्नुहोस् फोटो/भिडियो)
‘दाह्री ग्याङ’ दोस्रो वर्ष पूरा, रगत खोज्ने Mobile App DG Donor लञ्च, जिल्ला-जिल्लामा के भए ?
पोखराको पोल पोलमा ‘दाह्री ग्याङ’
‘दारी प्रेमी अघि बढ्दैछन् लिन सामाजिक जिम्मेवारी’, दाह्री ग्याङ पोखरा संयोजकमा गौतम (फोटो फिचर)
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते