तनहुँको छिर्कनेमा कन्टेनरले माइक्रोबस लाई ठक्कर दिदा एकको मृत्यु, १५ जना घाइते

तनहुँको छिर्कनेमा कन्टेनरले माइक्रोबस लाई ठक्कर दिदा एकको मृत्यु, १५ जना घाइते

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत पर्ने तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ छिर्कनेमा सोमबार बिहान कन्टेनरले माइक्रोबस लाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइक्रोमा सवार भोजपुर फोक्सिङ्ग नगरपालिका वडा नम्बर ५ की १९ बर्षीया सविना राई रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमौली बाट डुम्रेतर्फ जाँदै गरेको बा २ ख १८३८ नम्बरको माइक्रोबस लाइ विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ११२४ नम्बरको कन्टेनरले ठक्कर दिदा दुर्घटना भएको हो । कन्टेनरले ठक्कर दिदा माइक्रोबस सडक बाट उछुट्टीएको प्रहरीले जनएको छ । उक्त दुर्घटनामा माइक्रोबसमा सवार १५ जना यात्रु घाइते छन् ।

घाइते मध्ये ३ जनाको पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए । अन्य घाइते दमौली स्थित रत्नहरि अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । माइक्रो र माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् भने कन्टेनर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds