विप्लवका कार्यकर्ता दिनभर कास्की प्रहरीको घेरा बन्दीमा !

विप्लवका कार्यकर्ता दिनभर कास्की प्रहरीको घेरा बन्दीमा !

biplap

file photo

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ बाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १८ जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार साँझ करिब ६ बजे विप्लवका कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जना कार्यकर्ता पक्राउ गरेको हो ।

अन्नपूर्ण गाउँपालिका–११ मा विप्लव नेतृत्वको नेकपाको विशेष बैठक बस्ने सूचना पाएपछि खटिएका सिभिल प्रहरीले उनीहरुलाई पक्राउ गरी हिजो साँझ नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार विप्लबका मध्यपश्चिम क्षेत्रका कमाण्डर सहित नेताहरु उक्त बैठकमा सम्बोधन गर्न आउने भनेपनि प्रहरीले निगरानी बढाएको थाहा पाएको उनीहरु अन्नपूर्ण गाउँपालिका आएनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds