गण्डक न्युज पोखरा, १२ चैत / पोखरामा पछिल्लो समय बाइक चोरीको घटना बढ्दा सवारी धनीहरुको चिन्ता त यसै थियो । प्रहरीले समेत चोरीका मोटरसाईकल स्कुटर फेला पार्न नसक्दा टाउको दुखाई बनेको थियो । यहाँ बाइक चोरी गर्ने गिरोहको गतिविधि बढेको थियो ।
कास्की प्रहरीले अहिले ठूलो सफलता हात पारेको छ । प्रहरीले बाइक चोरी गर्ने गिरोह नै समातेर सार्वजनिक गरेको छ । पोखरा र नजिकै भिमाद क्षेत्रबाट १९ जना बाइक चोरहरुलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । उनीहरुका साथबाट ८ वटा चोरी भएका बाइक समेत नियन्त्रणमा लिइएको छ । पक्राउ पर्ने गिरोहमा एक भारतीय नागरिक समेत संलग्न भएको कास्की प्रहरीले जनाएको छ ।

मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु तनहुँ भिमाद गाउपालिका ६ माझकोट बस्ने २२ बर्षीय दिबश राना, पोखरा लेखनाथ महानगरपालिका १० रामवजार बस्ने २० बर्षीय बिकाश क्षेत्री, रामवजारकै १९ बर्षीय अभिषेक सुनार, नवलपरासी बुङदिकाली गाउपालिका ३ सिउन बस्ने २२ बर्षीय युवराज रुचाल, तनहूँ भिमाद नगरपालिका (बागटार बस्ने ४० बर्षीय कृत बहादुर नेपाली, बागटारकै १९ बर्षीय अर्जुन नेपाली, वारा इनवा नगरपालिका २० गोटवडिवा बस्ने १७ बर्षीय उचिर चुरिहार, तनहुँ भिमाद नगरपालिका ४ पिरुङ बस्ने २२ बर्षीय सुनिल थापा रहेका छन ।
त्यसै गरी भारत मोतिहारिका १७ बर्षीय संम्शाद आलम, स्याङजा हरिनाथ नगलपालिका ७ चाङसिङ बस्ने २२ बर्षीय मदन चन्द ठकुरी, स्याङजा हरिनाश गाँउपालिका ६ देगाछाप बस्ने २२ बर्षीय अरुण आले, स्याङजा हरिनाश गाउँपालिका.२ गुरुजा बस्ने २८ बर्षीय ओम राना, हरिनाश गाउँपालिका ४ गिरकोट बस्ने २० बर्षीय रेशम आले, तनहुँ भिमाद नगरपालिका.७ राङरुङ बस्ने २२ बर्षीय रेशम आले, तनहुँ भिमाद नगरपालिका ७ पाङमि बस्ने २० बर्षीय लक्ष्मण परियार, स्याङजा हरिनाश गाँउपालिका ७ चाङसिङ बस्ने २८ बर्षीय डोलराज चन्द्र ठकुरी, स्याङजा हरिनाश गाउँपालिका.७ चाङसिङ बस्ने २४ बर्षीय हिरा सिंह थापा, भिमाद नगर।पालिका ७ पिरुङ बस्ने १९ बर्षीय सुरज राना र वारा विरगंज गाँउपालिका .१ त्रिवेणी का २२ बर्षीय रामबाच दास रहेका छन् ।
प्रहरी स्रोतका अनुसार उनीहरुले बाइक चोरीलाई पेशा कै रुपमा अघि बढाएका थिए । कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेपछि उनीहरुको च्यानलका सबै नियन्त्रणमा लिन सफल बनेको हो । मोटरसाइकल चोरी गर्ने पोखराका बिकास र अभिषेकले तनहु भिमाद गाउपालिका माझकोटका दिवश रानासंग मिली स्याङ्जा र तनहुँको भिमाद आसपासका गाउँमा मोटरसाइकल बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको हो ।
पोखराबाट मोटरसाइकल चोरी गर्नासाथ भिमादका दिवश राना स्वयं मोटरसाइकल लिन आउने गरेको र रानाले भिमादको कंडेलचोकमा रहेको कृत एण्ड सन्स मोटरसाइकल वर्कसपमा लगी नम्बर परिवर्तन गर्ने गरेको समेत खुल्न आएको छ । प्रहरीले मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका भिमाद बागटारका तीर्थ बहादुर परियार र उनका छोरा अर्जुन परियार सहित वर्कसपमा काम गर्ने चार जना मिस्त्रीलाइ समेत पक्राउ गरेको छ । आफ्नै मोटरसाईलको नम्बर प्रयोग गरी पोखराबाट बाहिरिने गरेको पनि पत्ता लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा १४ जनाको टोलीले तीन दिनमा चोरी गर्ने गिरोहलाई मोटरसाइकल सहित पक्राउ गर्न सफल भएको थियो । चोरीमा संलग्न गिरोहले १ सय ८० र २ सय २० सिसीका पल्सर मोटरसाइकल चोरी गरी प्रति मोटरसाइकल ४० देखी ६० हजारमा बिक्री गर्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
मोटरसाइकलहरु भिमादको ग्रामीण भेग वडा नं. ७ कडेलचोकबाट ५ र स्याङजाको हरिनास ४ गिरकोटबाट ३ वटा फेला परेको थियो । भिमादमा भलिवल खेलाडीहरुले मोटरसाइकल प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट पोखराको विभिन्न ठाउबाट बिगत ६ महिना देखि चोरी गर्ने गरेको र चोरी गरी तनहुको भिमाद हुदै स्याङजाको ग्रामीण भेग सम्म पु¥याउने गरेको पाईएको छ ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले कास्की जिल्लामा विभिन्न मिति र समयमा विभिन्न स्थानहरुबाट स्कुटर, मोटरसाईकलहरु चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्नेलाई पक्राउ गरिएको जनाए ।

अदालतको आदेशपछि मात्र मोटरसाईकल वास्तविक धनीलाई फिर्ता गरिने उनले जनाए । पोखराका मुख्य मुख्य भिडभाड हुने स्थान, विशेष गरी रातको समयमा बाइक चोरी गरी ग्यारेजका कामदारको सहयोगमा भिमाद कटाउने गरेका थिए । अस्पताल, बैंक लगायतका स्थानमा राखिएको ह्विल लक् बाहेक बाईक जति सुकै ह्याण्ड लक गरेर राखिएको भएपनि सहजै चोर्न सक्ने उनीहरु पेशेवर चोर हुन् ।
पक्राउ परेका मोटरसाईकल चोरीमा संग्लन ब्यक्तिहरु
तनहुँ भिमाद गाउपालिका ६ माझकोट बस्ने बर्ष २२ को दिबश राना ।
कास्की पो।ले।म।न।पा १० रामवजार बस्ने बर्ष २० को बिकाश क्षेत्री ।
कास्की पो।ले।म।न।पा १० रामवजार १९ को अभिषेक सुनार ।
न।प।बुङदिकाली गाउपालिका ३ सिउन बस्ने बर्ष २२ को युवराज रुचाल ।
तनहूँ भिमाद न।पा(बागटार बस्ने बर्ष ४० को कृत बहादुर नेपाली ।
तनहूँ भिमाद न।पा(बागटार बस्ने बर्ष १९ अर्जुन नेपाली ।
वारा इनर्वा नगरपालिका २० गोटवडिवा बस्ने बर्ष १७ को उचिर चुरिहार ।
तनहुँ भिमाद नगरपालिका ४ पिरुङ बस्ने बर्ष २२ को सुनिल थापा ।
भारत मोतिहारि जिल्ला सिक्ताको बर्ष १७ को संम्शाद आलम ।
स्याङजा हरिनाथ न।पा ७ चाङसिङ बस्ने बर्ष २२ को मदन चन्द ठकुरी ।
स्याङजा हरिनाश गा ।पा ६ देगाछाप बस्ने बर्ष २२ को अरुण आले ।
स्याङजा हरिनाश गा।पा।२ गुरुजा बस्ने बर्ष २८ को ओम राना ।
स्याङजा हरिनाश गा।पा।४ गिरकोट बस्ने बर्ष २० को रेशम आले ।
तनहु भिमाद न।पा।७ राङरुङ बस्ने बर्ष २२ को रेशम आले ।
तनहु भिमाद न।पा।७ पाङमि बस्ने बर्ष २० को लक्ष्मण परियार ।
स्याङजा हरिनाश गा।पा।७चाङसिङ बस्ने २८ बर्ष डोलराज चन्द्र ठकुरी ।
स्याङजा हरिनाश गा।पा।७ चाङसिङ बस्ने बर्ष २४ को हिरा सिंह थापा
भिमाद न।पा।७ पिरुङ बस्ने बर्ष १९ को सुरज राना ।
वारा विरगंज गा।पा।१ त्रिवेणी २२ को रामबाच दास ।
तस्विर: मेरो हेडलाइन डटकम, पोखरा न्युज डटकम

सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो