गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दैछन् । आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्बको बजेट ल्याउने तयारी सरकारको छ ।
आन्तरिक ऋणसमेत जोडेर करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ। आन्तरिक ऋण लिने वा नलिने भन्नेबारेमा अन्तिम निर्णय भने नभइसकेको स्रोतको दाबी छ। आन्तरिक ऋण नलिने निर्णय भएको खण्डमा ३० अर्बको मात्रै बजेट आउने स्रोत बताउँछ। ३२ अर्बको बजेट आएमा यो चालू आवको तुलनामा ८ अर्बले बढी हो । चालू आर्थिक वर्षमा सरकारले २४ अर्ब २८ करोडको बजेट ल्याएको थियो।
गण्डकी प्रदेश सरकारले केन्द्र सरकारबाट वित्तीय समानीकरणतर्फ ७ अर्ब ११ करोड, ससर्त अनुदानतर्फ ५ अर्ब ३३ करोड र राजस्व बाँडफाँडतर्फ ७ अर्ब ७० करोड आएको जनाएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ २ अर्ब ९० करोड उठाउने लक्ष्य राखेको छ ।
चालू आर्थिक वर्षमा एक अर्ब ६९ करोड आन्तरिक राजस्व उठाउने उल्लेख थियो । संघ सरकारले विशेष अनुदानबापत चालू आवमा १ अर्ब ३५ करोड दिएकोमा आगामी आवका लागि पनि सो भन्दा बढी रकम आउने अनुमान गण्डकी प्रदेश सरकारको छ।
बजेटमा क्षेत्र विकास कोषमार्फत प्रदेश सांसदलाई रकम विनियोजन हुँदैछ। बजेटमा प्रतिसांसद २ करोडका दरले रकम विनियोजन गर्ने स्रोतले बताएको छ। यस्तो रकम प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै हो कि समानुपातिक तर्फकालाई पनि हो भन्नेबारे खुलेको छैन ।
यसअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ सरकारले दिएको रकमको ठ्याक्कै आधा रकम प्रदेश सरकारले क्षेत्र विकास कोषका लागि छुट्याउने घोषणा गरेका थिए । संघ सरकारले क्षेत्र विकास कोषका लागि प्रतिसांसद ६ करोड छुट्याइसकेकाले प्रदेश सरकारलाई दबाब परेको छ । मुख्यमन्त्रीको घोषणा अनुसार ३ करोड रकम क्षेत्र विकास कोषमार्फत सांसदलाई छुट्टिनुपर्ने भएपनि बजेट टाइट भएकाले यसपटक २ करोड मात्रै छुट्याउने तयारी गरिएको स्रोतको दाबी छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?