गण्डक न्युज पोखरा, १२ चैत । पोखराको नयाँ बजारमा ५ बर्षिया बालिकाको हत्या भएको छ । आइतबार रातिको समयमा न्यूरोड र नयाँबजारको बीच भाग सभागृहपथमा नयाँ बजार बस्दै आएकी बालिका बिहानी रोक्का मगरको हत्या भएको हो ।
आईतबार साँझ ७ बजे घरबाट हराएकी उनी राति १० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । स्थानीय निट एण्ड क्लिन सर्भिस प्वाईन्टमा गाडी धुने काम गर्दै आएका १४ वर्षीय बालकले हत्या गरेको खुलेको छ । यद्यपी घटनाबारे अनुसन्धान चलिहरेकाले कास्की प्रहरीले थप विवरण दिएको छैन । टाउकोमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । बालिकाको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार पुन थरका ती बालकले खेलौना विवादमा हत्या गरेको बयान दिएका छन् । आफ्नो घर, बाबु आमा नभएको बताएको प्रहरीले जनाएको छ । उनी गाडी धुने सर्भिस प्वाईन्टमै अर्का साथीसँग बस्दै आएका थिए ।
मृतक बालिकाकी बाबु कृष्ण रोक्का मगर नेपाली सेनाका जागिरे हुन् भने आमा बिना थापा होटल सञ्चालन गरेर बस्दै आएकी छिन् । उनी कान्छी छोरी हुन् । उनका दाइ शरद ९ वर्षका छन् । दाजु बहिनी दुवै रामघाट स्थित मेट्रोपोलिटन एकेडेमीमा पढ्दै आएका छन् । मृतक बालिका एलकेजीमा अध्ययनरत थिईन् । उनको परीक्षा चलिरहेको परिवार श्रोतले जानकारी दिएको छ ।
परिवारबाट मृतक बालिकाकी सानिमा र सानोबुबा जाहेरी दिनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन् । मृतकका बुबा नवलपरासीबाट पोखरा फर्किदैं छन् । परिवार भने खेलौनाकै विषयमा हत्या गरेको स्विकार्न तयार छैन । गहिरो अनुसन्धान गर्न प्रहरी समक्ष उनीहरुको माग छ । काम गर्ने सर्भिस प्वाईन्टका सञ्चालक, अभियुक्त पुनका साथी प्रहरी नियन्त्रणमा रहेका छन् ।
राति १० बजेमात्रै एक ग्यारेज अगाडि पोखरा सभागृहको पर्खालको आडको खाली जग्गामा बिहानीलाई बोराहरु, बालुवाले छोपेको अवस्थामा भेटिएको थियो । अभियुक्त पुन काम गर्ने ठाउँ र बालिकाको कोठा नजिकै रहेकाले दुवै जना हराएपछि उनीहरुको खोजी गरिएको थियो । पुनलाई फेला पारेपछि बालिकाको अवस्था पत्ता लागेको स्थानीयले बताए ।

अभियुक्त नाबालक रहेकाले परिचय खुलाईएको छैन ।
घटना कसरी घट्यो ? किन घट्यो ? अभियुक्त को हुन् ? पीडित परिवार के भन्छन् ? हामी निरन्तर अपडेटमा छौं । हामीसँगै रहनुहोला । … GandakNews

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो