रञ्जन अधिकारी पोखरा, १७ फागुन / हर्ष उल्लासको पर्व फागूपूर्णिमा अर्थात् होली । तर पोखरामा रमाईलोका बीच दुःखद घटना भएको छ ।
आफ्नै घरको छतमा होली खेल्ने क्रममा २ तला माथिबाट खसेर पोखरा लेखनाथ वडा नं. २ विन्दवासिनीका ११ वर्षीय बालक आविष्कार रेग्मीको ज्यान गएको प्रहरीले जनाएको छ । रवि रेग्मीका छोरा आविस्कार गण्डकी बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययन गर्दथे । परिवारमा सन्तानका रुपमा आविष्कार र उनकी दिदी मात्रै हुन् ।
आविस्कार र दिदी छतमा खेल्दै थिए । पूर्वान्ह १०ः५५ बजे भुईंमा रहेका एक व्यक्ति (शोकमा रहेका कारण परिचय र नाता नखोल्नु भन्ने आग्रह) लाई रंग पानीको बाल्टी खन्याउने क्रममा बाल्टीसँगै उनी भुईंमा पछारिए । दाहिने कञ्चट र पछाडि गर्धन बजारिएका कारण उनी बच्न सकेनन् ।

तस्विर: शेखर गौतम
तत्काल फिस्टेल हस्पिटल पु¥याईएको थियो होलीको दिन डाक्टर समेत झण्डै एक घण्टा ढिला भएको परिवार सदस्यले जानकारी दिएका छन् । हेलिकप्टर समेत खोजिसकेपनि अन्तिममा फिस्टेल हस्पिटलमै अप्रेशनको तयारी गर्दागर्दै २ घण्टा ढिला भयो । अस्पताल ल्याईसकेपछि पनि आविस्कार कहिलेकाहिँ बोल्दै थिए । विस्तारै अचेत हुँदै गएको विद्यार्थी नेता शेखर गौतमले जानकारी दिए । साढे २ बजेतिर अस्पतालले मृत घोषणा ग¥यो ।
आविष्कारको तीन/चार थोपा आन्तरिक रक्तश्राव भएको देखिएको गौतमले जनाए । ‘काठमाण्डौ लैजान पनि ढिलो हुने, फिस्टेलले नै यहीं गर्न सकिन्छ भन्यो । डाक्टरसाब हस्पिटलमा नभएकाले १ घण्टा जस्तै ढिला भयो । पछि अप्रेशन कहाँ के गर्ने भन्दा भन्दै यहीं गर्ने भनेपछि आधा घण्टा नै ढिला भयो । काठमाण्डौ पनि लैजान नसकिने । यहाँ पनि यति सिरियस केसको हल नहुने । साह्रै नराम्रो भयो ।’ – गौतमले भने ।
होलीकै दिन पोखरामा चार वटा गाडी एकआपसमा ठोकिएका छन् । चाउथेमा भएको सो दुर्घटनामा पाँच जना घाईते भएकोमा दुई जना गम्भिर रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले गण्डक न्यूजलाई जानकारी दिए ।
थप समाचारका लागि प्रतिक्षा गर्नुहोस् …

तस्विरः शेखर गौतम
(आवरण तस्विर ‘चिन क्षत्री’ को फेसबुक वालबाट । पछि तस्विर अद्यावधिक गरिएको ।)
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ