पोखरा । पोखरा १७ छोरेपाटनका १६ वर्षीय अञ्जन सुनारले दोस्रो जिवन पाएका छन् । सुनार अस्ति मंगलबार छोरेपाटन स्थित डेविडफल्स र फुस्रेखोलाको दोभानबीच अनकन्टार खोल्सामा खसेको आज मात्रै अरुले थाहा पाएका थिए ।
मंगलबार एक्लै माछा मार्ने भन्दै खोल्सामा पुगेको अञ्जनको ढाँडमा समस्या आएपछि तल खसेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । ‘खोँच टाइपको छ । ढाँडमा समस्या आएछ, त्यसपछि शरीररको तल्लो भाग चलेन । अनि खोचमा खस्यो । खोलाको आवाज पनि ठूलो भएकाले त्यहाँ कसैले पत्तै पाएन । त्यहाँ मान्छे गईरहने ठाउँ पनि हैन ।’ उनले भने– ‘बल्ल आज दिउँसो १ बजेतिर माछा मार्न गएको मान्छेले देखेछ र हामीलाई खबर गरे । अनि उद्धार गरेका हौं ।’
उनको आमा पनि पोखरा बाहिर रहेको र घरमा कोहि पनि नभएकाले अञ्जन दुई दिनसम्म कहाँ गयो भनेर कसैले पनि वास्ता नगरेको डिएसपी शाहको भनाई छ । प्रहरीले थाहा पाउनासथा उद्धार गरेको उनले बताए ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्ट, वडा कार्यादय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाह लगायतको टोली उद्धारमा पुगेको थियो ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु