गण्डक न्युज । गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको छ ।
9NALS कल साइन भएको उक्त हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेटदेखि सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए । सो हेलिकप्टरमा एक जापानी सहित ६ यात्रु थिए । प्रहरीका अनुसार उक्त हेलिकोप्टर ७ बजेर ३५ मिनेटमा गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा चारजना चिनियाँ र एकजना नेपालीसहित ल्यान्ड भएको थियो । त्यहाँबाट एकजना जापानी नागरिकसहित पाइलटसहित ७ जना लिएर उडेको थियो।
को को थिए हेलिकोप्टरमा ?
हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068)
दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
हिरा शेर्पा (वर्ष ३५, दोलखा
ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
सुनिल तामाङ (वर्ष २२)
निश्चल केसी (पाइलट)
हेलिकोप्टर भेटिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । प्रवक्ता तिवारीका अनुसार जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर भेटिएपनि यात्रुको अवस्था थाहा हुन सकेको छैन । उद्धारका लागि गएको हेलिकप्टरबाट तल देखिएपनि ल्याण्ड गर्न असजहज भएको उनले जनाए ।

वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयल हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउनासाथ प्रहरी टोली मुभ भइसकेको जनाउँदै फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने नखुलेको जनाए । गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्क विहीन भएको थियो ।
धादिङका पत्रकार मनिष दुवाडीका अनुसार खनियावास गाउँपालिका ५ सिमलडाँडास्थित सिमलडाँडा आधाभुत विद्यालयकी शिक्षिका फुलमाया तामाङले ठूलो आवाज सुनेको जानकारी आएको बताए । सिमलडाँडा भन्दा पारीपट्टीको डाँडा, जुन नुवाकोटको मेघाङ गाउँपालिका वडा नं ४ मा पर्छ ।
नुवाकोटका पत्रकार देवचन्द्र भट्टका अनुसार नुवाकोटका प्रहरी प्रवक्ता डीएसपी भीमलाल भट्टराईको नेतृत्वमा प्रहरीले हेलिकोप्टरको खोजी जारी राखेको छ । किस्पाङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कमलबहादुर तामाङले स्थानीयवासीको सूचनाका आधारमा शंकास्पद स्थानमा खोजी गरिरहेको बताएको भट्टले बताएका छन् ।

एक यात्रुले फोन नै गरे
हेलिकोप्टरमा सवार एक यात्रुले हल्टिच्युड एअरका सञ्चालक सीताराम सापकोटालाई सम्पर्क गरेर आफू सकुशल रहेको जानकारी दिएको अन्नपूर्णपोष्ट डटकमले समाचार प्रकाशित गरेको छ ।
’म जंगलको बीचमा अलपत्र छु, मलाई ठाउँ थाहा छैन, उद्दार गर्न आउनू’, ती यात्रुले आफूलाई भनेको एअरका सञ्चालक सापकोटाले जानकारी दिए । उनले फोन गर्ने यात्रु को हुन् भन्ने आफूलाई थाहा नभएको बताए । पछि फोन गर्ने यात्रु पनि सम्पर्कविहीन छन् ।
हेलिकप्टर बिहान सवा ८ बजेपछि काठमाडौँ अवतरण हुनु पर्ने थियो । हेलिकप्टर उडेको केही मिनेटमै सम्पर्क बिहीन भएको हो ।
एअर हेलिकप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस३५०बी३इ सिरिजको हो । अल्टिच्युडले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो ।

सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन