सेती खोँच नजिकको भ्वाङमा खसेकी स्मृतिको अचेत अवस्थामा उद्धार

सेती खोँच नजिकको भ्वाङमा खसेकी स्मृतिको अचेत अवस्थामा उद्धार

balika fela

पोखराको सेती खोँच नजिकै भ्वाङमा खसेकी बालिकाको अचेत अवस्थामा उद्धार गरिएको छ । पोखरा वडा नं. ८ नागढुंगा घर भएकी १२ वर्षकी स्मृति पराजुलीको झण्डै २ घण्टापछि उद्धार भएको हो । उनलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जाेशीले जानकारी दिए ।

दुई साथीसहित पोखरा १५ स्थित सीताराम हाउजिङको चौरमा खेलिरहेकोमा स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् । उक्त स्थान १ माघमा यतिको विमान दुर्घटना भएको ठाउँ नजिकै हो ।

दिउँसो ३ बजेतिर बच्चा खोँचमा खसेको जानकारी आएपछि प्रहरी टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

भ्वाङ भित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको प्रहरीले जनाएको छ । घटना भएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक माधव केसीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds