पोखरा । पृथ्वीनारायण क्याम्पसले भाेगचलन गर्दै आएकाे जग्गामा मोटरेबल पुल निर्माण गर्न लागेपछि क्याम्पसले आपत्ति जनाएको छ । क्याम्पस परिसरबाट पोखरा महानगरपालिका १ र ११ जोड्नलाई सेती नदीमाथि मोटरेबल पुल निर्माण गर्न लागेपछि क्याम्पस प्रशासनले विरोध जनाएको हो ।
पुल सेक्टर पोखरा, कास्कीका योजना प्रमुख नवराज बास्तोलाले पुल निर्माण सुरु लागेको जानकारी क्याम्पसलाई गराएको थियो । क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ बाट पुल बनाउन लागेको हो । संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न निर्माण हुन थालेकोले सो पुलको लागि निर्माणस्थलसम्म सामाग्री पु¥याउन बाटो माग्दै गत पुस १२ गते क्याम्पसलाई पत्र लेखेको थियो ।
त्यसको विरोध गर्दै क्याम्पसले पत्रकारसम्मेलनमार्फत माफियाको प्रभावमा परेर क्याम्पस परिसरबाट पुल निर्माण गर्न लागेको आरोप लगाएको हो । क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले भने, ‘पुल निर्माण गर्न लागिएको जग्गा क्याम्पसको हो, केही जग्गा क्याम्पसको नाममा नभएपनि हकभोग गर्दै आइरहेका छौं ।’
पुलको पुस २३ गते शिलान्यास हुने कार्यक्रम थियो । तर, क्याम्पसको विरोधले शिलान्यास कार्य रोकिएको छ । ‘त्यहाँबाट पुल बन्नु हुन्न भन्ने हाम्रो माग हो, मेयर साबले फोन गरेर शिलान्यास रोकिएको बताउनुभयो,’ क्याम्पस प्रमुखले भने ।
पुल निर्माण कार्य बन्द गर्न र क्याम्पसको हित विपरित काम नगर्न आग्रह गरेको छ । निर्माणाधिन पुल सो जग्गा भुमाफियाले १ सय ६२ जनाको ३ सय १८ वटा कित्ताकाट भएको थियो । तर, सो कित्ताकाट २०५८ सालमा मालपोत कार्यालयले खारेज गरिदिएको हो ।
उक्त जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रकृयामा समेत अगाडी बढेकाले क्याम्पसकै रहेको क्याम्पस प्रमुख कोइरालाले बताए । उनले भने, ‘हामी विकास विरोधी होइनौ, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमति दिन सकिन्छ ।’

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ