पोखरा महानगरपालिका वडा नं – १५ ले मासिक रूपमा आयोजना हुँदै आइरहेको वृहत् सरसफाइ कार्यक्रमको छैटौं शृङ्खला सम्पन्न गरेको छ।
‘हाम्रो वडा,राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा आयोजना गर्दै आइएको वृहत् सरसफाइ कार्यक्रम सेन्टमेरिज चोक, प्रतिभा टोल, कान्तिपुर मार्ग, नागबेली मार्ग, बनक्याम्पस गेट हुँदै हरियो खर्क गेट अगाडी पुगेर सम्पन्न गरेको हो।
सरसफाइ कार्यक्रममा टोलवासी, आमा समूह, युवा क्लब, नागरिक समाज लगायत राजनीतिक दलको पनि सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको ५ वर्षे रणनीति योजना अनुसार पूर्वाधारको विकास गरेर मात्र मानवीय विकास नहुने भन्दै यसका लागि महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि र पर्यटनसँग जोड्नु पर्ने र यी कामहरू सम्पन्न भए मात्र अबको मानवीय विकासमा अगाडी बढ्न सकिने बताए।

उनले बाटोघाटो र पुल पुलेसा मात्र चिल्लो बनाएर नहुने भन्दै आफ्नो घर अगाडी र टोल सफा राख्न सके मात्र हामी स्वच्छ र स्वस्थ्य हुन सकिने भन्दै परिवारमा एक जना सदस्य मात्र बिरामी भए सिङ्गो परिवार मानसिक तनावमा हुने र केही गर्न नसक्ने हुँदा परिवार राम्रो हुनका लागि आफ्नो टोल सफा राख्नुपर्छ र व्यक्ति स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

बानियाँले सरसफाइ अभियानका लागि मात्र वडाले यस वर्ष १७-१८ लाख बजेट बिनियोजन गरेको भन्दै टोल-टोलमा डस्टबिन वितरण लगायत फोहोर वर्गीकरणका लागि तालिमहरू सञ्चालन गरिने बताए।


सम्बन्धित खबर
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने