पोखरा, १ मंसीर । शान्त स्वभाव र सबैलाई सम्मान गर्ने व्यवहार नै विद्या भट्टराईको एउटा परिचय हो । उनलाई भेट्ने, चिन्नेहरू कोही पनि उनीबारे नराम्रो भन्दैनन् । संसदमा जनताका सवालमा उनले विषय उठाएको देखेकाहरु त्यसैले पनि आगामी ४ मंसिरको चुनावमा विद्याले जित्नुपर्छ भन्नेहरू धेरै छन् ।
महिलाका विषयमा विद्या आवाज उठाइरहन्छिन् । महिला सुशासन र नेतृत्वमा अब्बल हुने भएकाले पनि नेतृत्वमा महिला आउनुपर्ने उनी बताउँछिन् ।
महिला नेतृत्वमा किन आउनुपर्छ ? उनी भन्छिन्ः
महिला भनेको सबैभन्दा पहिला छोरी हो । उसले छोरी भएर जुन माया पाएको हुन्छ त्यसलाई बुझेको हुन्छ । छोरी हुँदा माया लिइरहेको हुन्छ भने आमा हुँदा दिइरहेको हुन्छ । छोरी हुँदा मायामात्रै पाएको भन्ने हुँदैन कतिपय विभेद देखेको हुन्छ । कतिपय विभेद भोगेका पनि हुनुहुन्छ । विभेदसँग कसरी जुध्नुपर्छ भन्ने कुरा उसले छोरी हुँदा पनि सिकेको हुन्छ । मायाले कति ऊर्जा थपेको हुन्छ भन्ने उसले छोरी हुँदा थाहा पाएको हुन्छ ।
जब आमा हुन्छ त्यसपछि एउटा महिलाले तीन वटा पुस्तासँग माया लिएर, दिएर बाँचिरहेको हुन्छ । त्यो भनेको एउटा बुहारी हुँदा उसले सासुससुराको पुस्ता, छोराछोरीको पुस्ता र श्रीमान्सँग माया लिएर दिएर बाँचिरहेको हुन्छ । महिला भन्नेबित्तिकै उसमा समाज झल्किन्छ, समाजमा गर्ने व्यवहार झल्किन्छ ।
स्थानीय तह चुनावपछि भएको एउटा अध्ययनले महिला सुशासनमा अब्बल हुने क्षमता हुन्छ भने नेतृत्वमा सबल हुने क्षमता हुन्छ । महिलामा सबैलाई सम्मान गरेर अगाडि बढ्न सक्ने क्षमता हुन्छ । त्यसकारण महिलाहरु नेतृत्वमा पुग्दा त्यसले एउटा परिचय निर्माण गर्छ भन्ने कुरा अनुसन्धानले पनि देखाएको छ ।
म आमा, बुहारी र छोरी भएँ । तर, त्यतिमात्रै भइनँ । एउटा समय कार्यकर्ताको रुपमा विद्यार्थी आन्दोलनमा सहभागी भएँ । महिला आन्दोलनमा सहभागी भएँ । बुद्धिजीविसँग पनि मैले काम गरेँ । प्राध्यापन क्षेत्रमा लाग्दा ७७ वटै जिल्लाका विद्यार्थीसँग मैले कुराकानी गर्ने अवसर पाएँ । विद्यार्थी नै सर र म्याडमले जवाफ दिने शैली फरक हुन्छ भन्थे ।
आज महिलालाई नेतृत्व तहमा पुग्न सकरात्मक पक्षले उत्प्रेरित गर्न सहयोग गर्छ । पोखराको समृद्धिका लागि म फेरि पनि पोखरेलीमाझ आएको छु । प्रिय पोखरेलीको विश्वासले मलाई हौसला बढाएको छ ।
सम्बन्धित खबर
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग