पोखरा, १ मंसीर । कोरोना महामारी फैलिएपछि नेपाल सरकारले २०७७ जेठमा एकल महिला र अति अशक्त अपांगता भएकाको सामाजिक सुरक्षा भत्ता कटौती गर्यो । एकल महिला र ‘ख वर्ग’ अर्थात् अतिअशक्त अपांगता भएका नीलो कार्ड वालाको सामाजिक सुरक्षा भत्ता कटौती गरिएको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २६ चैत २०७६ मा सबै स्थानीय तहलाई पत्र पठाएर भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि चैतबाटै उनीहरुले भत्ता नपाउने भएका थिए । यस निर्णयले ६० वर्षमुनिका एकल महिलाले मासिक २ हजार र अपांगता भएकाले १६ सय रुपैयाँ पाएनन् ।
सरकारको यस निर्णयले एकल महिला र अशक्त अपांगता भएकाहरु महामारीसँगै थप मर्कामा परे । महामारीका बेला सरकारले राहत दिएर उनीहरुको संरक्षण गर्नुपर्नेमा झनै दिइरहेको भत्ता पनि कटौती गरेर उल्टो बाटो हिँडेको थियो ।
यस निर्णयविरुद्ध संसदमा खरो उत्रिनेमध्ये एक थिइन्, कास्की २ की सांसद विद्या भट्टराई । विद्या लगायतको पहलमै सो निर्णय पछि उल्टियो । एकल महिला र अतिअशक्त अपांगता भएकाले राहत महसुस गरे ।
विद्याको सो पहलकदमीलाई अहिले पनि स्मरण गर्छिन्, महिला अभियान्ता तथा एकल महिला जुना केसी । सरकारले भत्ता कटौती गरेपछि आफूहरुले जिल्ला, प्रदेश र संघमा आवाज उठाएपनि सरकारले उपेक्षा गरेपछि संसदमा आफूहरुको आवाज विद्याले उठाइदिएको उनी स्मरण गर्छिन् । विद्याकै पहलकदमीले सो भत्ता कटौतीको निर्णय उल्टिएको र आफूहरुले अहिले भत्ता पाइरहेको जुना बताउँछिन् । ‘विद्या भट्टराईले यो विषय संसदमा निरन्तर उठाएर योगदान दिनुभयो र अहिले एकल महिलाको भत्ता निरन्तर भएको छ,’ उनी भन्छिन् । विद्याले भत्ताको विषयबाहेक अन्य महिला हिंसाका मुद्दा र महिला सबलीकरणका लागि निरन्तर आवाज उठाइरहेको बताइन् ।
यस बाहेक बलात्कारको हद म्याद हटाउन पनि नेतृत्वदायी भूमिका खेलेको भन्दै महिला अभियान्ताहरु विद्याको प्रशंसा गर्छन् । आगामी दिनमा पनि महिलाका सवाल उठाउन र सक्षम महिला नेतृत्वको उदाहरण दिन विद्यालाई आगामी निर्वाचनमा जिताउनुपर्ने बताउँछन् । विद्या लगायतका सांसदले यौन दुव्र्यवहारका मुद्दामा एक वर्षे हदम्याद हटाउन संशोधन दर्ता गराएका थिए ।
महिला अभियानमा लागेकी विना सिलवाल विद्या जुझारु महिला भएको र सांसद भएपछि विभिन्न फोरममा महिला, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, तेस्रो लिङ्गी, यौनजन्य अपराध जस्ता मुद्दामा दरिलो आवाज उठाएको स्मरण गर्छिन् । राजनीतिक पार्टीले महिला अस्तित्व नै अस्विकार गरेका बेला विद्या जस्ता सक्षम महिलालाई अघि बढाउनुपर्ने विना बताउँछिन् ।
विद्या आसन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की २ मा नेकपा एमालेबाट उम्मेदवार बनेकी छन् । निर्वाचनबाट निर्वाचित भएपछि लगातार महिलाका हकहित र सबलीकरणका लागि काम गरिरहने उनी बताउँछिन् । महिलाका विषय आफ्ना लागि सधैं प्राथमिकतामा रहने र महिलाहरुको आर्थिक, सामाजिक, विकास आफ्नो सधैंको विषय बन्ने उनले बताइन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर