पोखरा, १ मंसिर । २०७६ को उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित भएपछि एमाले नेतृ विद्या भट्टराई पहिलो पटक संसद छिरिन् । उनी सदन गएलगत्तै संसदले उनलाई सदनको शिक्षा तथा स्वास्थ्य समितिमा लगियो । सदनबाट उनको नाम सर्वसहमतिले सो समितिका लागि पास गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सहायक प्राध्यापकको जागिर छाडेकी विद्या भट्टराई अहिले पनि कास्की २ मा नेकपा एमालेबाट उम्मेदवार छिन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी विद्या शिक्षा क्षेत्रबारे जानकार छिन्, शिक्षा क्षेत्रमा विकास गर्न सकिने पाटादेखि ल्याउनुपर्ने नयाँ योजना उनलाई थाहा छ ।
विद्या आगामी प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएर शिक्षा क्षेत्रका मुद्दालाई सदनमा व्यापक ढंगले उठाउन चाहन्छिन् । शिक्षाका समस्याहरुलाई जनताको मुद्दा उठान गर्ने संसदमा पुर्याएर निराकरणको बाटोमा लैजान विद्या उत्साहित छिन् ।
सदनमा शिक्षा क्षेत्रका बारे उनले पटकपटक आफ्नो बुलन्द आवाज राखिन् । विषयगत शिक्षा तथा स्वास्थ्य समितिका प्राय सबै बैठकमा उनले आफ्नो विचार राख्ने गरेकी थिइन् । बालविकासका सहयोगीको मासिक तलब १५ हजार कायम गरेर तलब नपाएको देखि कामको समय भन्दा बढी समयसम्म काम गरिरहनुपरेको विषय उनले नै सदनमा लगिन् । बालविकास सहजकर्ताको पारिश्रमिक नियमित नहुँदा सो पारिश्रमिक नियमित बनाउन उनको भूमिका अग्रणी रह्यो ।
भट्टराईको जोड आगामी प्रतिनिधिसभा निर्वाचनपछि एकीकृत शिक्षा ऐन ल्याउनेमा छ । अहिले एकीकृत ऐनकै अभावमा शिक्षा क्षेत्रमा हुनुपर्ने काम पनि नभएकाले शिक्षा ऐन टड्कारो आवश्यकता रहेको उनको ठहर छ । ‘एकीकृत शिक्षा ऐन ल्याउन सकेका छैनौं, त्यो नल्याएसम्म गुणस्तरीय शिक्षा कल्पनमा मात्र हुन्छ,’ उनी भन्छिन् ।
गोरखा भुकम्प २०७२ बाट क्षति पुगेका विद्यालयका पुननिर्माणको काम सकिएको र अहिले पूर्वाधारका हिसाबमा सरकारी विद्यालय सक्षम रहेको उनी बताउँछिन् । तर गुणस्तरीय र सुलभ शिक्षा दिने मामिलामा अझै उल्लेख्य काम हुन नसकेको उनको ठम्याईं छ ।
शिक्षा क्षेत्रको विकासका लागि आवासीय प्राविधिक विद्यालयको सञ्चालनदेखि बालविकास सञ्चालनमा पनि सही नीति लिनुपर्ने भट्टराई बताउँछिन । शिक्षा लोकतन्त्रको आधार भएकाले लोकतन्त्रको रक्षाका लागि पनि शिक्षालाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिन्छिन् । साक्षर विद्यार्थी भन्दा शिक्षित विद्यार्थी बनाउने नीति नेपाल सरकारले लिनुपर्ने उनको सुझाव छ । विद्यालय शिक्षालाई पनि रोजगारीसँग जोड्न सकेमात्र शिक्षाको सही अर्थ रहने उनी थप्छिन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर