गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका वडा नं -१५ को वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भएको छ।
‘हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियानका साथ टुटुङ्गा बसपार्कबाट सुरु भएको सरसफाइ कार्यक्रम बन क्याम्पस, हरियाली मार्ग, नयाँ गाउँ घलेचोक हुँदै राम बजार कृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको हो ।
सरसफाइ कार्यक्रमलाई शुभकामना दिँदै युवा पण्डित कमल नयन गौतमले सरसफाइ कार्यक्रमसँगै अन्य सचेतना मूलक कार्यक्रमहरू पनि जोड्दै लानुपर्ने बताए। उनले त्यस्ता कार्यक्रमले समाजमा सकारात्मक भाव जगाउने विचार व्यक्त गरे।
सरसफाइ कार्यक्रमका संयोजक तथा पोखरा महानगरपालिका वडा नं -१५ का सदस्य आशिष भण्डारीले आजको हाम्रो पुस्ताले वातावरणको सरसफाइ र संरक्षण गर्न सकेन भने त्यसको नकारात्मक असर भावी पुस्तामा पर्ने बताए। आज हामीले गरेका राम्रा कामको थालनीले वातावरण सफा र सुन्दर राख्नमा टेवा पुग्ने भन्दै उनले भविष्यमा आउने पुस्ताहरूका लागि पनि सिकाईका साथै वातावरण सफा राख्नुपर्दछ भन्ने दायित्व वोध गराउने विश्वास व्यक्त गरे। उनले सरसफाइ कार्यक्रम पोखरा -१५ को अभियान रहेको हुँदा यो अभियानलाई सार्थक बनाउन सम्पूर्ण टोलवासीहरूलाई आग्रह गरे।
यस्तै, पोखरा -१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आजको सरसफाइ कार्यक्रममा जुट्ने सबैलाई धन्यवाद दिए। उनले सरसफाइ कार्यक्रम निरन्तर रूपमा अगाडि बढ्ने भन्दै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने विश्वास व्यक्त गरे।
आजको सरसफाइ कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी बल लामापाटन, टोल विकास संस्था, युवा क्लब तथा सामाजिक अभियन्तासहित पोखरा -१५ का ५ जना जनप्रतिनिधिको सहभागिता रहेको थियो।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह