नेकपा(एमाले)ले कास्कीका प्रदेशसभाका छ वटै सिटमा पार्टीका उम्मेदवार सिफारिस गरेको छ । एमालेका प्रदेशसभा निर्वाचन समन्वय कमिटीहरुले आकांक्षीहरुको नाम जिल्ला पार्टीमा सिफारिस गरेका हुन् ।नेकपा(एमाले)का संगठन विभाग प्रमुख एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारी पनि प्रदेशसभामै सिफारिस भएका छन् ।
नेता अधिकारी कास्की क्षेत्र नम्वर १(१)बाट प्रदेशसभामा सिफारिस भएका हुन् । सो क्षेत्रबाट नेता अधिकारी सहित टिकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापा सिफारिस भए ।
यसैगरी प्रदेशसभा १(२) मा बेदबहादुर गुरुङ, मनबहादुर गुरुङ, रोेमबहादुर कार्की, दिपक तामाङ र इन्दिरा आचार्य सिफारिस भएका छन् ।
यसैगरी, कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा भीमबहादुर कार्की, युवराज पौडेल, भेषराज बराल, रश्मि आचार्य, तेजनारायण अधिकारी, विद्याविमल बराल, देवीप्रसाद बराल, महेन्द्र उपाध्याय, प्रकाश पौडेल, तीर्थराज अधिकारी, सुवास ढुंगाना, रघुनाथ भण्डारी, गणेश श्रेष्ठ र अर्जुन गिरीले आकांक्षा राखेका छन् ।
निर्वाचन नम्बर २ प्रदेश सभा (२) मा प्रत्यक्षतर्फ मिनाकुमारी गुरुङ, मिना गुरुङ, सञ्जीवबहादुर कोइराला, परशुराम बराल, जीवन आचार्य, दानबहादुर बानियाँ, बलराम गायक र बलराम आचार्यको नाम सिफारिस भएको पार्टीका सचिव वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
सचिव अधिकारीका अनुसार कास्की क्षेत्र नम्बर ३ (१) बाट दामोदर वैरागी, लालबहादुर परियार, दीपक पौडेल, नन्दलाल अधिकारी, माधव बास्तोला, राजेन्द्र गौतम, सूर्यप्रसाद लम्साल, केशवशरण पौडेल, दुर्गादत्त पोख्रेल, प्रेमदेवी परियार, शारदाकुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभामोहन पौडेलले आकांक्षा राखेका छन् ।
कास्की क्षेत्र नम्बर ३ (२) बाट राजीव पहारीकाे नाम एकल सिफारिस भएकाे छ । ओम सुवेदी, शिव अधिकारी, दिलीपविक्रम शाही, सन्तोष परियार र संगीता सुवेदीले आकांक्षा देखाएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन