नेकपा(एमाले)ले कास्कीका प्रदेशसभाका छ वटै सिटमा पार्टीका उम्मेदवार सिफारिस गरेको छ । एमालेका प्रदेशसभा निर्वाचन समन्वय कमिटीहरुले आकांक्षीहरुको नाम जिल्ला पार्टीमा सिफारिस गरेका हुन् ।नेकपा(एमाले)का संगठन विभाग प्रमुख एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारी पनि प्रदेशसभामै सिफारिस भएका छन् ।
नेता अधिकारी कास्की क्षेत्र नम्वर १(१)बाट प्रदेशसभामा सिफारिस भएका हुन् । सो क्षेत्रबाट नेता अधिकारी सहित टिकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापा सिफारिस भए ।
यसैगरी प्रदेशसभा १(२) मा बेदबहादुर गुरुङ, मनबहादुर गुरुङ, रोेमबहादुर कार्की, दिपक तामाङ र इन्दिरा आचार्य सिफारिस भएका छन् ।
यसैगरी, कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा भीमबहादुर कार्की, युवराज पौडेल, भेषराज बराल, रश्मि आचार्य, तेजनारायण अधिकारी, विद्याविमल बराल, देवीप्रसाद बराल, महेन्द्र उपाध्याय, प्रकाश पौडेल, तीर्थराज अधिकारी, सुवास ढुंगाना, रघुनाथ भण्डारी, गणेश श्रेष्ठ र अर्जुन गिरीले आकांक्षा राखेका छन् ।
निर्वाचन नम्बर २ प्रदेश सभा (२) मा प्रत्यक्षतर्फ मिनाकुमारी गुरुङ, मिना गुरुङ, सञ्जीवबहादुर कोइराला, परशुराम बराल, जीवन आचार्य, दानबहादुर बानियाँ, बलराम गायक र बलराम आचार्यको नाम सिफारिस भएको पार्टीका सचिव वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
सचिव अधिकारीका अनुसार कास्की क्षेत्र नम्बर ३ (१) बाट दामोदर वैरागी, लालबहादुर परियार, दीपक पौडेल, नन्दलाल अधिकारी, माधव बास्तोला, राजेन्द्र गौतम, सूर्यप्रसाद लम्साल, केशवशरण पौडेल, दुर्गादत्त पोख्रेल, प्रेमदेवी परियार, शारदाकुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभामोहन पौडेलले आकांक्षा राखेका छन् ।
कास्की क्षेत्र नम्बर ३ (२) बाट राजीव पहारीकाे नाम एकल सिफारिस भएकाे छ । ओम सुवेदी, शिव अधिकारी, दिलीपविक्रम शाही, सन्तोष परियार र संगीता सुवेदीले आकांक्षा देखाएका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन