पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर, लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । महानगरले व्यवसायीसँग भाडा उठाउन सकेको पनि छैन ।
महेन्द्रपुल चोकस्थित सार्वजनिक जग्गामा बनेका भवन अब भत्काइने भएको छ । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ती भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी गरी सकिएको बताए । पाेखरा महानगरले यसअघि नै ३५ दिने सूचना जारी पनि गरिसकेकाे छ ।
महेन्द्रपुल सार्वजनिक शौचालय तथा पार्क निर्माण संघर्ष समितिले पोखरामा सरोकारवालासँग गरेको कार्यक्रममा मर्सानीले ती भवन यही भदौ २२ गते भत्काइने बताए । ‘भवनहरु भत्काउन तपाई वडावासीले साथ दिनुहोला,’ उनले भने, ‘अब हामी बोल्नेमात्र होइन गरेर देखाउँछौं ।’
महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी संचालन हुँदै आएका छन् भने सटरमा व्यापार व्यवसाय हुँदै आएको छ । ती भवनमा व्यापार व्यवसाय गर्नेले भाडा समेत नतिरेको वडाध्यक्ष मर्सानीले बताए । भाडा तत्काल तिर्न र त्यहाँबाट व्यापार हटाउन समेत उनले भनेका छन् ।
भवन हटाएपछि उक्त स्थलमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको मर्सानीले सुनाए । त्यहाँबाट हट्ने पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने अध्यक्ष मर्सानीले जानकारी दिए । त्यहाँ रहेको २ रोपनीमा २ करोड रुपैयाँको लागतमा भवन निर्माण हुने पनि उनले सुनाए ।
तुलसी घाटमा सेती नदीमाथि १४ करोड लागतमा नारायणस्थानमा रहेको जस्तै नयाँ पुल निर्माण गरिने, महेन्द्रपुल क्षेत्रमा १ सय २७ वटा सडक बत्ती राखिने र सडकको स्तरोन्नति गरिने उनले बताए ।
सम्बन्धित समाचारः
महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय हटाईदैं
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो