पोखरा । राष्ट्रिय जनमाेर्चा पार्टीकी गण्डकी प्रदेशकी सांसद पियारी थापा पनि व्यक्तिगत काेषमा बजेट खन्याउने माननीय रहेकाे खुलेकाे छ ।२०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गर्दा उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) शुरू गरेका थिए । विवाहका सन्दर्भमा १० हजारबाट उक्त कोष सुरु भएको थियो ।
उनी सांसद बनेपछि उक्त अक्षयकोषमा प्रदेश सरकारबाट डेढ कराेड विनियाेजन भइसकेकाे छ । आर्थिक वर्ष २०७७/०७८ मा १० लाख, चालु आर्थिक वर्ष २०७८/०७९ मा ५० लाखको काम गरिसकेका छन् भने आगामी आर्थिक वर्ष २०७८/०७९ मा दुई शीर्षकमा ७० लाख विनियोजन भएको हो । अहिले उक्त संस्थाको भवन निर्माण भइरहेको छ ।
व्यक्तिगत रुपमा स्थापित भएको उक्त अक्षकोष अहिले सामुदायिकमा रुपान्तरण गरेको सांसद थापाकाे जिकिर छ । तर स्थानीयले भने सामुदायिक रुपमा भने पनि व्यक्तिको मनोमानी भएको आरोप लगाएका छन् । अक्षकोषको अध्यक्ष श्रीमान हेमराज पुन (आश्रम) छन् भने संरक्षक पियारी नै छिन् ।
कला, साहित्य र संगीतको संरक्षण तथा पहिचानका लागि अक्षयकोष स्थापना गरेको बताइन्छ । गाउँबासी भने पियारीकाे प्राथमिकतामा अरू नपर्दा गुनासाे गर्छन् । सांसद थापाले अन्य योजनालाई भन्दा यसैलाई बढी प्राथमिकता दिएको गाउँले बताउँछन् । श्रीमान् र परिवारले सञ्चालन गरेको कोषलाई बर्षैै पिच्छे बजेट आउने तर गाउँका अरु थुप्रै समस्याका बारेमा चासो नदेखाएकाे उनीहरूकाे गुनासाे छ ।


सम्बन्धित समाचारः
गण्डकीमा मुख्यमन्त्रीका ‘बा’ देखि मन्त्री, नेताहरुका ‘बाआमा’, ‘पति’का नाममा ट्रस्ट, पार्क, प्रतिष्ठान
गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं, मेखलाल श्रेष्ठको बुबाआमा नाममा १ करोड, कुमार खड्काको वडामा २५ करोड
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु