तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ मध्ये धनुषाका सात जनाको मृत्यु भयाे । मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।
जहाज दुर्घटनामा ज्यान गुमाएका राजनकुमार गोले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता हुन् । लामो समय नेकपा एमालेको राजनीति गरेका गोले एमाले विभाजन भएसँगै समाजवादीतिर लागेका हुन् । उनी अहिले मधेस प्रदेश कमिटी सदस्य थिए।
काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजन कुमारले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए। बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ जाने भए। गाउँमा उनीहरूको घर सँगसँगै छ। राजकुमारका श्रीमती र दुई छोराछोरी छन्।
शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए। उनीहरू पाेखरा जाने क्रममा जहाज अघि उभिएर खिचेकाे फाेटाे पनि फेसबुकमार्फत सार्वजनिक गरेका थिए
जहाज दुर्घटनाको खबरले गाउँ नै स्तब्ध छ। अहिले गोले परिवारका बाँकी सदस्यहरूको पीडा कहालीलाग्दो भएको छ । गोले परिवारमा सान्त्वना दिन गाउँका अतिरिक्त विभिन्न राजनीतिक दलका नेता र प्रदेश सरकारका मन्त्रीहरू पुगिरहेका छन् ।
सम्बन्धित समाचारः
‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आए, छाेराछाेरीसहित दुर्घटनामा परे
अमेरिकाबाट आएका दिदीबहिनी बुबाआमासहित मुक्तिनाथ जाँदा परे दुर्घटनामा, फर्किँदैछन् छोरा
अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस