मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।
अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत प्रप्त गरी विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याएका छन्।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन्।
कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन्। राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन्।
वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन्। प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन्। वडा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ विजयी भएका छन्। एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन्।
वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन्। वडा नं. ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन्। कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन्।
वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन्। वडा नं. ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन्। कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन्।
वडा नं. ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन्। एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन्। वडा नं. ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन्। प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन्। वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन्।
सम्बन्धित खबर
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
कास्कीलाई सडक मानवमुक्त जिल्ला मनाइने
गण्डकीमा खगराज सरकारलाई साथ दिन राप्रपा सकारात्मक
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग