मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।
अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत प्रप्त गरी विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याएका छन्।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन्।
कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन्। राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन्।
वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन्। प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन्। वडा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ विजयी भएका छन्। एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन्।
वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन्। वडा नं. ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन्। कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन्।
वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन्। वडा नं. ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन्। कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन्।
वडा नं. ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन्। एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन्। वडा नं. ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन्। प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन्। वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन्।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो