अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाइते

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाइते

goli

काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियाको साक्रामेन्तो सहरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ९ जना घाइते भएका छन् ।

प्रहरी विभागले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहानै सहरको डाउनटाउनमा एक बन्धुकधारीले गोली चलाएका हुन् ।

गोली चलेको स्थानमा भारी संख्यामा प्रहरी परिचालन भएको छ। गोली कसले चलाएको हो र मारिनेहरू को–को हुन भन्ने खुलिसकेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds