पोखरेलीले सम्भवतः पहिलो पटक हिउँ झैं असिनासँग घर आँगनमै खेले । हिउँदे समयमा इतिहासमै बाक्लो र धेरै असिना प¥यो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकोमा १ घण्टा बाक्लो मात्रामा परेको असिनाले पोखराका अधिकांश सडकहरुे सेताम्मे बनेका थिए ।
असिनाले सडक छिचोल्न नसक्दा लामो समय ट्राफिक जामको सास्ती खेप्न बाध्य बने । पोखराको न्यूरोड, नयाँबजार, महेन्द्रपुल, गैह्रापाटन, चिप्लेढुंगा, नदीपुर, बगर, रानीपौवा, अमरसिंहचोकको भाग असिनाले छोप्दा सवारी चल्न हम्मे हम्मे बनायो । करीब ४ घण्टा सडक अवरुद्ध भयो । बालबालिका र विद्यार्थीहरु विद्यालयमै अड्किए । साँझ हिँड्दै घर फर्किए ।

असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए । फुटट्रयाकमा हिँड्न समेत मुस्किल थियो । दुई पाङ्ग्रे सवारी चिप्लिएर धेरै लडेको देखिन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले ट्राफिक जाम हुँदा ५ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको बताए । साथै, असिना पन्छाउन पनि प्रहरी खटाइएको थियो । सशस्त्र प्रहरीको टोली पनि हातमा सावेल बोकेर असिना पन्छाउन पुगे । एक्साभेटरको सहायताले नयाँबजार, महेन्द्रपुलदेखि पालिखेचोकको असिना पन्छाइएको थियो ।

रातभर पनि असिना नपग्लने भएकाले रातिको समयमा सवारी चलाउँदा होसियार हुनुपर्नेछ । एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कृषक मर्कामा
असिनाले कृषिबालीमा भने क्षति पुगेको छ । असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पु¥याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ । महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् । आलु खन्ने समयमा असिना र पानी पर्दा आलु कुहिने सम्भावना बढी हुँदा कृषक मर्कामा पर्छन् ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो