जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

head-of-man

सुनसरी। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ नौकिलोमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ।

बुधबार धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको हो।

जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । प्रहरीले टाउको र दाहिने खुट्टा फेला परेको जनाएको छ ।

पुरुषको जस्तो देखिने टाउकोको पहिचान भने खुलेको छैन ।

घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

अहिले घटनास्थलतर्फ कुकुरसहित प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटना बारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds