काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आज विद्यार्थीहरूले तोडफोड गरेका छन् ।
अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न रोक लगाएपछि आन्दोलनरत विद्यार्थीले बुधबार नोबेल मेडिक कलेजमा तोडफोडपछि तालाबन्दी गरेका हुन् ।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ।
विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन् ।
अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ । नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर आज पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।
१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको विद्यार्थीहरूको आरोप छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान