‘लाउरे’ नामले युवामाझ चर्चित र्यापर आशिष राना पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबार गरेको आरोप लागेको छ ।
कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाउरे पक्राउ परेको पुष्टि गरे । डिएसपी तिवारीले गण्डकन्यूजसँग भने – ‘हिजो पक्राउ परेका हुन् । पोखराबाटै हो । लागुऔषध सम्बन्धमा मुछिएपछि अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’
प्रहरीले यसबारे थप खुलाउन चाहेन । ‘अहिले अनुसन्धान हुँदैछ । अहिलेलाई यति भनेँ ।’- डिएसपी तिवारीले भने ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले रानासहित ४ जना पक्राउ परेको जानकारी दिए । अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै उनले अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताए ।
श्रोतका अनुसार उनीमाथि ब्राउन सुगर कारोबार गरेको आरोप लागेको छ । यसको मूख्य कारोबारी पनि पक्राउ परेका छन् । न्यूरोडबाट नजिकै जाल्पारोड स्थित एक घरको कोठाबाट राना, युवतीसहित गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
युवामाझ चर्चा कमाएका लाउरे अहिले रियालिटी शो हिमालय रोडिजका निर्णायकका रुपमा ब्यस्त पनि थिए ।
‘ताण्डव’ फिल्मका नायक समेत उनले र्यापसहित केही फिल्ममा ओएसटी पनि गाएका छन् । स्व. र्यापर यमबुद्धका मिल्ने साथी लाउरे र्याप ब्याटलबाट उदाएका र्यापर हुन् ।
पोखराकाे नयाँबजार घर भएका लाउरे यसअघि विवादमा आएका थिएनन् । भिटेन, साकार जस्ता समकालीनहरू विवादमा छाइरहँदा उनी विवादबाट बाहिरै थिए । नेपहपको बाटो, हाउडे, मेरो सोल्टा, तीतो सत्य, चुप लाग, सुपर रागा, दुई रुपैयाँ जस्ता गीतहरू उनका चर्चित छन् ।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु