प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ती जारी गर्दै संशोधित विधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाएका छन् ।
कास्कीबाट केन्द्रीय कमिटिमा १० जना
कास्कीबाट केन्द्रीय कमिटिमा १० जना परेका छन् । श्याम कुँवर र जमुना वर्षा शर्मा केन्द्रीय सदस्य निर्वाचित भएकाेमा यसअघि सुष्मा पौडेल र रुद्र श्रीष मगर मनोनित भएका थिए । अहिले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
हरि बाँस्तोला, माधव बराल, राम्जीप्रसाद लम्साल, एमबी आस्था मगर, दीपेन्द्र श्रेष्ठ र खेम सारु मगरलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हाे । बास्तोला र कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष र बराल निवर्तमान अध्यक्षसमेत हुन् । कुँवर अहिले गण्डकी प्रदेश सहइञ्चार्ज र पाैडेल प्रदेश अध्यक्षकाे जिम्मेवारीमा छन् । यस्तै, श्रीष प्रदेश महासचिव हुन् ।
केन्द्रीय कमिटीका सबै आगामी महाधिवेशनमा प्रतिनिधि हुने व्यवस्था छ । भेलाले विधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने व्यवस्था गरेकाे थियाे ।
यस्तो छ केन्द्रीय कमिटीको सूची
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”88240″ /]
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो