पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य रञ्जन अधिकारीमाथि हातपात र नेपाल प्रेस युनियन कास्कीका सदस्य समेत रहेका पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुव्यर्वहार भएको घटनाप्रति नेपाल प्रेस युनियन, कास्कीले घोर भत्र्सना गरेको छ ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जागिर लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा हालै पक्राउ परेका कृष्ण पौडेलको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकार अधिकारीले फोटो/भिडियो खिचिरहेको अवस्थामा पोखरा–७ मासबारका युवराज लामा र पोखरा–२७ तालचोकका नवराज शर्माले उल्टै पत्रकारमाथि आक्रोश पोख्दै फोटो/भिडियो डिलिट गर्न लगाई मोबाइल खोसेर हातपात गरेको घटनाको युनियनले निन्दा एवं भत्र्सना गरेको छ ।
साथै, जिल्ला प्रहरी कार्यालय कास्की गेट नजिकै पत्रकारमाथि भएका यसप्रकारको घटनाको युनियन कास्कीले घोर भत्र्सना गर्दै आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।
समाचार संकलनका क्रममा हुने सम्भावित यसप्रकारका आक्रमणका गतिविधि तत्काल बन्द गर्न समेत माग गरिएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने