पोखरा । नेपाल पत्रकार महासंघ गण्डकीले कास्की शाखाका साधारण सदस्य एवं क्रियाशील पत्रकार रञ्जन अधिकारी माथि समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमणको घटनाको निन्दा गरेको छ ।
महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीमाथि आक्रमण र कास्की शाखाकै साधारण सदस्य एवं क्रियाशील पत्रकारहरु ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुव्र्यवहारका साथै अन्य पत्रकारलाई दिइएको धम्कीको घटनाप्रति नेपाल गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ– ‘रोजगारी दिने भन्दै ठगी गर्ने पक्राउ गरिएको र त्यसबाट पीडितको विषयमा आइतबार जिल्ला प्रहरी कार्यालयमा समाचार संकलन गर्न गएका रञ्जन अधिकारी, गणेश बराल र प्रल्हादचन्द्र घिमिरेसहित अन्य पत्रकारलाई समेत लक्षित गर्दै ‘पत्रकारलाई नछोड्ने’ भन्दै जिल्ला प्रहरी कार्यालयको गेट अगाडिबाटै पीडित पक्षको आवरणमा धम्की दिइएको थियो । पत्रकार सधैं पीडितकै पक्षमा रहने पत्रकारलाई त्यही समूह मध्येबाट काठमाडौं–१४ कलंकी घर भई हाल पोखरा ३१ मासबार बस्ने युवराज लामा र पोखरा ३० तालचोकका नवराज शर्माले पत्रकार रञ्जन अधिकारी माथी गेट अगाडि नै आक्रमण गरेका थिए ।’
विज्ञप्तीमा थप भएिको छ – ‘उनीहरुले पत्रकार अधिकारीले प्रयोग गरेका सञ्चार सामग्री समेत नियन्त्रणमा लिँदै खिचिएका र लेखिएका सामग्री नष्ट गरेका थिए । यसरी पत्रकार माथी आक्रमण गरिनु, सञ्चार सामग्री नियन्त्रणमा लिँदै सामग्री नष्ट गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु पे्रस स्वतन्त्रा विरोधी काम भएको हाम्रो ठहर छ । पत्रकार र उनीहरुको पेशा प्रति नै हातोत्साहित बनाउन खोज्ने यस किसिमका आक्रमण र धम्कीको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति निन्दा सहित भर्त्सना गर्दछ । र, यस घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग गर्दछ ।’
सम्बन्धित समाचारः
कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा
सम्बन्धित खबर
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बागलुङमा आगलागीबाट ४ घर गोठ जलेर नष्ट
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग