नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि मिति २०७८ भदौ २७ गते, आइतबार भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ कास्कीका सचिव माधवप्रसाद बरालले सोमबार विज्ञप्ति जारी गर्दै जागिर लगाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार सकंलनमा पुगेका पत्रकार अधिकारीले भिडियो र फोटो खिचिरहेको बेलामा ठगी काण्डमा पीडित भन्नेहरूले पत्रकारमाथि आक्रोश पोखेर मोबाइल खोस्दै हातपात गरेको घटनाको महासंघ निन्दा र भर्त्सना गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘अधिकारीमाथि भएको आक्रमण र घिमिरेलाई गरिएको दुव्र्यवहार प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर पत्रकार महासंघ कास्कीको छ । घटनामा संलग्न दोषी पोखरा ७ मासबार बस्ने युवराज लामा र पोखरा २७ तालचोक बस्ने नवराज शर्मालाई कानुनी कारबाही गर्न पत्रकार महासंघ जोडदार माग गर्दछ ।’
जनताको सुरक्षामा २४ घण्टा खटिने प्रहरीकै कार्यालय अगाडि पत्रकारमाथि हातपात हुनु र घटनामा संलग्नलाई तारिखमा छोड्नुले सुरक्षा व्यवस्थामा पनि प्रश्न उब्जिएको बरालले जनाएका छन् । पत्रकारलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायको पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ ।
सम्बन्धित समाचारः
कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा
सम्बन्धित खबर
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग