नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार रञ्जन अधिकारीलाई हातपात भएको र सदस्य पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, कास्की अगाडि मिति २०७८ भदौ २७ गते, आइतबार भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ, कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ कास्कीका सचिव माधवप्रसाद बरालले सोमबार विज्ञप्ति जारी गर्दै जागिर लगाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार सकंलनमा पुगेका पत्रकार अधिकारीले भिडियो र फोटो खिचिरहेको बेलामा ठगी काण्डमा पीडित भन्नेहरूले पत्रकारमाथि आक्रोश पोखेर मोबाइल खोस्दै हातपात गरेको घटनाको महासंघ निन्दा र भर्त्सना गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘अधिकारीमाथि भएको आक्रमण र घिमिरेलाई गरिएको दुव्र्यवहार प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर पत्रकार महासंघ कास्कीको छ । घटनामा संलग्न दोषी पोखरा ७ मासबार बस्ने युवराज लामा र पोखरा २७ तालचोक बस्ने नवराज शर्मालाई कानुनी कारबाही गर्न पत्रकार महासंघ जोडदार माग गर्दछ ।’
जनताको सुरक्षामा २४ घण्टा खटिने प्रहरीकै कार्यालय अगाडि पत्रकारमाथि हातपात हुनु र घटनामा संलग्नलाई तारिखमा छोड्नुले सुरक्षा व्यवस्थामा पनि प्रश्न उब्जिएको बरालले जनाएका छन् । पत्रकारलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित निकायको पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचारः
कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्ने युवराज र नवराज प्रहरी खोरमा
कृष्ण ठगी प्रकरणः वास्तविक पीडितलाई नै बदनाम गरी लुट्ने र पत्रकारमाथि हातपात गर्नेहरु प्रहरी खोरमा
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु