पाेखरा । फेसबुकमा आकर्षक जागिर मिलाइदिने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आउनेलाई २५ सय तिराएर फाराम भराउने, जब ग्यारेन्टी भनेर फसाउने, पैसा पचाउने । स्याङ्जाको फेदीखोला ४ घर भएका २१ वर्षीय युवक कृष्णप्रसाद पौडेलको ठग्ने तरिका हो यो ।
पोखरा २७, तालचोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड नामक जब सेन्टरको बोर्ड राखेर करीब ४५ सय जनालाई यसरी नै ठगेको पीडित युवाहरुको आरोप छ । यो दाबीअनुसार पौडेलले जनही २५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ । तर, पौडेलले १७ लाख उठाएको स्वीकारेका छन् ।
आरोपितलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । डाँडाको नाक, शिशुवा प्रहरीले पक्राउ गरेको हो । शुक्रबार नै २ सय बढी पीडितहरु प्रहरी कार्यालयमा धर्ना दिन पुगेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख महेन्द्र मरासिनीले जाहेरी परेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताएका छन् । उनले शुक्रबार अबेर भएकाे र शनिबार बिदा भएकाले अाइतबारमात्र पीडितहरूकाे जाहेरी पर्ने बताए ।
पोखरामात्र होइन, फेसबुकमा उनको विज्ञापन हेरेका विभिन्न जिल्लाका युवाहरुले समेत फाराम भरेको पीडितहरुले बताएका छन् । सबैजसो फेसबुक पोष्टबाटै आकर्षक जागिरको विज्ञापन देखेपछि सम्पर्कमा आएको बताएका छन् । हण्डेड पर्सेन्ट जब ग्यारेण्टी, मासिक २५ हजार तलब देखेर आफूहरुले २५ सय तिरेरै अप्लाई गरेको उनीहरुको एक स्वर छ । लमजुङ, भाेर्लेटारका सुशील सुवेदी काका भतिज मिलेर जागिरकै लागि ३ पटक पाेखरा अाउजाउ गरिसकेका छन् । उनले सञ्चालक पक्राउ परेपछि फेरि अाइतबार पाेखरा अाउन लागेकाे गण्डकन्यूजलाई बताए ।
कोरोनाको महामारीले लकडाउन हुँदा धेरैजसो जागिर नभएका युवाहरु विज्ञापन देख्दैमा लोभिएको पाइएको छ । २५ सय तिरी फाराम भरेर सेन्टरबाट अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी सम्पर्कमा आएका युवाहरुलाई दिइएको थियो । अन्तर्वार्ता भनेर लिएर कोहिलाई फेल गराउने, कोहि पास भयो भनेपनि जागिर नलगाउने, फेल हुनेलाई अर्को पदमा फेरि फाराम भर्न सुझाएर पुनः पैसा असुल्न लागेपछि भने उनीहरु सशंकित थिए ।
शुक्रबार कार्यालयमा पुग्दा सञ्चालक पौडेल नै पक्राउ परेको सुनेपछि पीडितहरु समूहमै शिशुवा प्रहरी कार्यालय पुगेका थिए । पौडेलले सम्पर्कमा आएका युवाहरुलाई स्टार हाेटलमै कार्यक्रम गरी मिडियाकर्मी समेत बाेलाएर कम्पनीले यसोउसो गर्छ भन्दै विश्वास समेत दिलाउने गरेका थिए ।
गत वर्षदेखि नै पैसा उठाउन सुरु गरेका उनले भदौ २५ गतेसम्म जागिरमा लागिसक्ने भनेपनि शुक्रबारसम्म जागिर नमिलेपछि पीडितहरु प्रहरीसम्मै पुग्नुपरेको हो ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला