पाेखरा । फेसबुकमा आकर्षक जागिर मिलाइदिने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आउनेलाई २५ सय तिराएर फाराम भराउने, जब ग्यारेन्टी भनेर फसाउने, पैसा पचाउने । स्याङ्जाको फेदीखोला ४ घर भएका २१ वर्षीय युवक कृष्णप्रसाद पौडेलको ठग्ने तरिका हो यो ।
पोखरा २७, तालचोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड नामक जब सेन्टरको बोर्ड राखेर करीब ४५ सय जनालाई यसरी नै ठगेको पीडित युवाहरुको आरोप छ । यो दाबीअनुसार पौडेलले जनही २५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ । तर, पौडेलले १७ लाख उठाएको स्वीकारेका छन् ।
आरोपितलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । डाँडाको नाक, शिशुवा प्रहरीले पक्राउ गरेको हो । शुक्रबार नै २ सय बढी पीडितहरु प्रहरी कार्यालयमा धर्ना दिन पुगेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख महेन्द्र मरासिनीले जाहेरी परेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताएका छन् । उनले शुक्रबार अबेर भएकाे र शनिबार बिदा भएकाले अाइतबारमात्र पीडितहरूकाे जाहेरी पर्ने बताए ।
पोखरामात्र होइन, फेसबुकमा उनको विज्ञापन हेरेका विभिन्न जिल्लाका युवाहरुले समेत फाराम भरेको पीडितहरुले बताएका छन् । सबैजसो फेसबुक पोष्टबाटै आकर्षक जागिरको विज्ञापन देखेपछि सम्पर्कमा आएको बताएका छन् । हण्डेड पर्सेन्ट जब ग्यारेण्टी, मासिक २५ हजार तलब देखेर आफूहरुले २५ सय तिरेरै अप्लाई गरेको उनीहरुको एक स्वर छ । लमजुङ, भाेर्लेटारका सुशील सुवेदी काका भतिज मिलेर जागिरकै लागि ३ पटक पाेखरा अाउजाउ गरिसकेका छन् । उनले सञ्चालक पक्राउ परेपछि फेरि अाइतबार पाेखरा अाउन लागेकाे गण्डकन्यूजलाई बताए ।
कोरोनाको महामारीले लकडाउन हुँदा धेरैजसो जागिर नभएका युवाहरु विज्ञापन देख्दैमा लोभिएको पाइएको छ । २५ सय तिरी फाराम भरेर सेन्टरबाट अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी सम्पर्कमा आएका युवाहरुलाई दिइएको थियो । अन्तर्वार्ता भनेर लिएर कोहिलाई फेल गराउने, कोहि पास भयो भनेपनि जागिर नलगाउने, फेल हुनेलाई अर्को पदमा फेरि फाराम भर्न सुझाएर पुनः पैसा असुल्न लागेपछि भने उनीहरु सशंकित थिए ।
शुक्रबार कार्यालयमा पुग्दा सञ्चालक पौडेल नै पक्राउ परेको सुनेपछि पीडितहरु समूहमै शिशुवा प्रहरी कार्यालय पुगेका थिए । पौडेलले सम्पर्कमा आएका युवाहरुलाई स्टार हाेटलमै कार्यक्रम गरी मिडियाकर्मी समेत बाेलाएर कम्पनीले यसोउसो गर्छ भन्दै विश्वास समेत दिलाउने गरेका थिए ।
गत वर्षदेखि नै पैसा उठाउन सुरु गरेका उनले भदौ २५ गतेसम्म जागिरमा लागिसक्ने भनेपनि शुक्रबारसम्म जागिर नमिलेपछि पीडितहरु प्रहरीसम्मै पुग्नुपरेको हो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने