एमसीसीको ‘विवादित’ विषयबारे अमेरिकाले पठायो जवाफीपत्र

एमसीसीको ‘विवादित’ विषयबारे अमेरिकाले पठायो जवाफीपत्र

mcc-mca-Millennium-Challenge-Corporation

काठमाडौँ । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ ।

नेपाल सरकारले सोधेको विभिन्न ११ बुँदे प्रश्नको जवाफ लेख्दै एमसीसी उपाध्यक्ष फतिमा सुमारले सो कुरा स्पष्ट पारेको हो ।

सुमारसहित एमसीसीका अधिकारीले नेपाल भ्रमण गर्ने पूर्वसन्ध्यामा नेपाल सरकार, अर्थ मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । सबै एमसीसी साझेदार देशहरूसँग सम्पन्न भएका एमसीसी कम्पयाक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौताहरू हुन् ।’

गत शुक्रबार अर्थमन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न सवालबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो ।

सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो–प्यासेफिक रणनीति’ को अंग भए/नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको/नजोडिएकोबारे स्पष्ट गर्न भनेको थियो ।

यस जिज्ञासामा एमसीसी कोषलाई कुनै पनि सैन्य प्रयोजनमा प्रयोग गर्न निषेध गरेको भन्दै अमेरिकाले भनेको छ, ‘यस कम्प्याक्ट कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन ।’

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ ।

एमसीसी पास गर्ने/नगर्नेबारे नेपालका दलहरु विभाजित छन् । आम जनस्तरमा पनि एमसीसीबारे सकारात्मक धारणा देखिदैन ।

यस्तो छ एमसीसीले नेपाललाई पठाएको जवाफको पूर्णपाठः

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”82905″ /]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ