कृयाशिल पत्रकार तथा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई दिएको धम्कीप्रति प्रेस संगठन कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै अवैध रुपमा सञ्चालित रिपोर्टरसेभेन डटकम अनलाईनले गण्डक न्यूज डटकम र पोखरा न्यूज डटकमबिरुद्ध अनर्गल प्रचार गरेकोप्रति पनि संगठन खेद व्यक्त गरेको छ ।
संगठनका संयोजक सन्देश श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धम्की दिने कार्य अत्यन्त निन्दनीय र खेदजनक रहेको बताएका छन् ।
विज्ञप्तिमा उल्लेख छः ‘यस घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको संगठनको ठहर छ । प्रेस स्वतन्त्रता माथि आघात पु¥याउने यस घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न प्रेस संगठन कास्की सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।
साथै सोहि घटनालाई लिएर पत्रकार महासंघ कास्कीसहित महासंघ गण्डकी प्रदेश शाखामा लगाइएको तालाका कारण असहज परिस्थिति उत्पन्न भएकाले समस्या समाधानका लागि महासंघका जिल्ला र प्रदेश शाखासहित सम्पूर्ण सरोकारवाला संस्थाहरुलाई संगठन हार्दिक अनुरोध गर्दछ ।’
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन