पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम: पत्रकार महासंघ गण्डकी

पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम: पत्रकार महासंघ गण्डकी

fnjgandakibigcov

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यद्वय गण्डक न्युज डटकमका रञ्जन अधिकारी र पोखरा न्युज डटकमका सम्पादक गणेश बराल (ढाकामोहन) ले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले विभिन्न माध्यम (फोन, फेसबुक म्यासेन्जर र असम्बन्धित व्यक्ति) मार्फत धम्की दिएको घटना प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले विज्ञप्ति जारी गर्दै उक्त घटनाको विषयमा महासंघ कास्की शाखा मार्फत भएका प्रयासका साथै उत्पन्न परिस्थितिको बारेमा समेत गण्डकी प्रदेश समिति जानकार रहेको जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख छ – प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै यस किसिमले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको हाम्रो ठहर छ ।

पेशाप्रति हतोत्साहित बनाउन खोज्ने यस किसिमका धम्कीको पत्रकार महासंघ गण्डकी प्रदेश समिति भ्रत्सना गर्दछ । घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ