पत्रकार अधिकारीलाई धम्की स्वतन्त्र प्रेसमाथि आक्रमण रहेको प्रेस युनियन कास्कीको ठहर

पत्रकार अधिकारीलाई धम्की स्वतन्त्र प्रेसमाथि आक्रमण रहेको प्रेस युनियन कास्कीको ठहर

Microsoft Word – *M0G8 5??M°*M$?.docx

नेपाल प्रेस युनियन, कास्कीले पोखराका युवा पत्रकार रञ्जन अधिकारीलाई धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा हस्ताक्षर गरी शनिवार प्रकाशित विज्ञप्तिमा गण्डक न्यूजका सम्पादक अधिकारीले लेखेको समाचारको विषयलाई लिएर धम्की दिइनु निन्दनीय र खेदजनक भएको उल्लेख छ ।

नवलपरासी घर भई हाल पोखरा महानगरपालिका–११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई सामाजिक सञ्जाल तथा फोनमार्फत् धम्की दिएकोमा आपत्तिजनाएको छ ।

प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै धम्की दिइएको घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको युनियन कास्कीको ठहर छ ।

विज्ञप्तिमा प्रेस स्वतन्त्रता माथि आघात पु¥याउने यो घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ