पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा असम्बन्धित पक्षबाट धाकधम्की आएकोमा प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ । पत्रकार अधिकारीले गण्डकन्यूज डटकमका लागि गत साउन ६ गते बुधबार ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियोे)’ शीर्षकमा समाचार लेखेका थिए ।
सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएका हुन् । प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ – साधारण सदस्य रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जरमा होच्याउने/गिज्याउने, एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी नेपाल, कास्की शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै सत्ता शक्तिको धाक धम्कीमा उत्रिनु असैह्य हर्कत हो । यस्ता गतिविधिहरु हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै हमला भएकाले निन्दनीय र भत्र्सनायोग्य छन् ।
साथै, समाचारको तथ्यसत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्न गैह्रपत्रकारको प्रयोग गरिएको, प्रेस कार्ड भिरेर प्रहरीलाई प्रभाव पार्न उद्धत रहेको, भ्रम फैलाएपछि भिडियो सामाग्री डिलिट गरिएको र तत्पश्चात् पनि धाकधम्की दिने गरी भएगरेका गतिविधिप्रति पनि प्रेस चौतारी नेपाल, कास्की शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
पत्रकारमाथि यस्ता धम्की आउँदा पत्रकार महासंघले अभिभावकत्व ग्रहण गर्दै श्रमजीवि पत्रकारको मनोबल गिर्न दिनुहुँदैन भन्ने हाम्रो संगठनको मान्यता छ । यो दायित्वबाट महासंघ चुक्नु हुँदैन ।
अतः यस कार्यमा संलग्न समाचारसँग असम्बन्धित व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदी नामका व्यक्तिलाई कानुनानुसार कडा भन्दा कडा कारबाही होेस् भनी जोडदार माग गर्दछौँ ।

सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’