गण्डकी प्रदेशमा शुक्रबार ११ सदस्यीय मन्त्रीमण्डलले पूर्णता पायो । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेपछि ४० औं दिनमा पूर्णता पाएको हो । यद्यपी, जनता समाजवादी पार्टी (जसपा) भने सन्तुष्ट छैन । ६ मन्त्री नियुक्तिसँगै सपथ समारोहमा जसपाबाट प्रतिनिधित्व भएन । उर्जामन्त्री हरिशरण आचार्य पनि अनुपस्थित रहे । जसपाले सपथ समारोह बहिष्कार नै गरेको हो ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँट टुंगिएपछि मन्त्रीको नियुक्ति र मन्त्रालय हेरफेर गरिएको थियो । लिखित सहमति भउको अर्थमन्त्रालय त काँग्रेसले बुझ पचाएर दिएन नै, दुई मन्त्री दिने भनेकोमा त्यो पनि कञ्जुस्याईं गरेको हो ।
विश्वासको मत लिनु अघि ४ असारमा निर्णायक शक्ति जसपालाई फकाउन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले अर्थमन्त्रालयसहित दुई मन्त्रालय दिने भनेर गरेको सहमति काँग्रेसले अनैतिक ढंगले तोडेको थियो । न त अर्थमन्त्रालय दियो, न अर्को मन्त्रीमै सहमति जनायो । अर्थमन्त्री दाबी गर्दै आएका जसपाका हरिशरण आचार्य झण्डै महिनादिन पछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा चित्त बुझाउन बाध्य बने । लाखु लखेटाई लखेट्ने भनेको जसपा तत्काललाई चिसै पानीले नुहाउनु परेको हो ।
जसपाकी धनमाया लामालाई पार्टीले कृषि तथा सहकारी मन्त्रीका लागि सिफारिस समेत गरेको थियो तर काँग्रेसले फेरि बलमिच्याईं गर्यो । कुनै जिम्मेवारी काँग्रेसले नदिएपछि लामाले मन्त्रीहरूको शपथ चलिरहँदो फेसबुकमा स्टाटस लेखेकी छन- ‘कम्युनिस्टको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार बनाउन योगदान गरेकोमा जसपा गण्डकी प्रदेशलाई घोषणा गरेका उपहारहरू एकमुस्ट यता छ है । संसदीय व्यवस्थामा क्या दुरदर्शी हाम्रा नेतागणहरू वाह !’

उनले वैशाख १३, असार ४, असार ८ र असार २३ गतेका पत्रहरूसमेत सार्वजनिक गरेकी छन् । सांसद लामाले नै फेसबुकमार्फत – ‘इमान जमान नभएको बेइमानहरूको झुण्ड रहेछ नेपाली कांग्रेस, अब प्रमाणित भयो’ भनेर लेखेकी छन् ।

काँग्रेसले एकपछि अर्को गरी पेल्दा समेत जसपा धम्की दिने तर केही गर्न नसक्ने निरीह जस्तै बनेको छ । सिफारिस कार्यान्वयन नहुने देखिएपछि असार २३ गते जसपाले सरकारबाट समर्थन फिर्ता लिने धम्की पनि दिएको थियो । तर अहिलेसम्म फिर्ता भने गरेको छैन ।
जसपालाई मन्त्रालय थप्ने विषयमा केन्द्रीय नेतृत्वले नै छिनोफानो हुने बताइन्छ । अहिले ११ मन्त्रालय रहेकोमा १२ वटा बनाएर लामालाई मन्त्री बनाउन सक्नेछ । तर, केन्द्रिय तहबाट निर्देशन आएमा मात्र लामालाई मन्त्री बनाउने गण्डकी काँग्रेसको भनाई छ ।
सत्ताको बागडोर सम्हालेको काँग्रेसले मन्त्रीपरिषद् विस्तारमा समावेशिताको सिद्धान्त पूरै नकार्यो । ५ मन्त्रालय लिँदा एक जना पनि महिला समावेश गरेन भने दलित समुदायबाट मन्त्री बनाउन ठिक्क हुँदा डोबाटे विश्वकर्मालाई अपमानजनक ढंगबाट फिर्ता पठायो । मन्त्रीको सपथ खान तनहुँबाट हिँडेका विश्वकर्मा पोखरा नआइपुग्दै नाम काटियो । उनको स्थानमा विन्दुकुमार थापा मन्त्री बने ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा