काहुँको कालिका माविलाई शिक्षा महाशाखाको निर्देशनः तुरुन्त रकम फिर्ता गर्नू 

काहुँको कालिका माविलाई शिक्षा महाशाखाको निर्देशनः तुरुन्त रकम फिर्ता गर्नू 

Kalika-MaVi-nirdeshan

पोखरा ११ काहुँ स्थित कालिका माध्यमिक विद्यालयलाई पोखरा महानगर शिक्षा महाशाखाले तुरुन्त विद्यार्थीका अभिभावकलाई रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

बुधबार उक्त विद्यालयले पाठ्यपुस्तक अनुदान बापतको रकम समेत नघटाई सरकारी पब्लिकेसन जनक शिक्षा सामग्री र प्राइभेट पब्लिकेसनका किताब मिसाएर विद्यालयबाटै फर्जी चलानी मार्फत पुस्तक बिक्री गरेको समाचार गण्डकन्यूजले प्रकाशित गरेको थियो । समाचार सार्वजनिक भएलगत्तै बुझ्दा विद्यालयबाट गलत भएको पुष्टि भएकाले फिर्ता गर्न निर्देशन दिएको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।

यस्तै, महाशाखाका शाखा अधिकृत बद्रीप्रसाद सुवेदीले पनि आफूले विद्यालयकी प्रधानाध्यापसँग कुरा गरिसकेको जनाए । ‘उहाँले प्रक्रियागत रुपमा गल्ती भएको र पत्रकारहरुसमक्ष प्रस्तुतिकरण गलत भएको स्वीकार गर्नुभएको छ । उहाँले रिअलाईज गर्नुभयो । अब यस्ता अनियमितता नहुने पनि स्पष्ट पार्नुभएको छ ।’ – सुवेदीले भने – ‘जे जे कमजोरी भएको हो, ति कार्य नदोहोराउन र तुरुन्त विद्यार्थीहरुलाई रकम फिर्ता गर्न भनिसकेका छौं ।’

यदि निर्देशन अटेर गरेमा शिक्षा महाशाखाबाट कस्तो कारबाही हुन्छ त ? भन्ने प्रश्नमा उनले भने – ‘कारबाही नहुने भन्ने त हुँदै हुन्न नि । त्यही हो अरु विद्यालयहरुमा भए गरेका अनियमितता बारे पनि गुनासो आउनुप¥यो । अरुलाई कारबाही खै ? भनेर मात्र भएन । कालिकाको पो समाचार सार्वजनिक भयो, थाहा भयो । अरु ठाउँको पनि अनियमितता थाहा भए हामी कारबाही थालिहाल्छौँ नि ।’

उनले यदि विद्यालयमा अनियमितता भएको लागेमा विद्यार्थी तथा अभिभावकले यसरी नै गुनासो उजुरी गर्न समेत आग्रह गरेका छन् । पत्रकारले राम्रो विषय उजागर गरिदिएकोमा धन्यवाद दिँदै उनले शिक्षा क्षेत्रको सुशासन र अनुसाशनमा मिडिया, अभिभावक यसरी नै जागरुक भएमा थप उपलब्धि हाँसिल हुने बताए ।

काहुँको कालिका माविमा व्यापार: सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने [भिडियो]

सरकारी अनुदान लिइसक्दा पनि अभिभावकबाट समेत निःशुल्क पुस्तकको रकम असुल्ने, मूख्य बजार क्षेत्रबाट ३ किलोमिटर दूरी भएको विद्यालयले विद्यार्थीहरुलाई टाढा भएर समस्या भयो भन्दै आफै पुस्तक विक्री गर्ने, फर्जी बिल भिडाउने, अतिरिक्त शुल्क लिने जस्ता गुनासो आएपछि बुझ्न जाँदा विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धर उल्टै पत्रकारसँग जाइलागेकी थिइन् ।

भिडियोः

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ