गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार् गरेका छन् । उनले आज शुक्रबार ६ जना सांसदलाई मन्त्री नियुक्त गरे । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग आजै दिउँसो सपथ लिएका छन् ।
माओवादीका तर्फबाट ३ जना थपिएका छन् । माओवादी संसदीय दलका उपनेता रामजी बराल जीवन आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । माओवादीकै दीपक थापा चर्ती मगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् ।
बागलुङका कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग, पर्यटन मन्त्री नियुक्त भएका छन् ।कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुख कार्यालय परिसरमा धर्नाका क्रममा ड्युटीमा खटिएका प्रहरीलाई औंलो ठड्याउँदै हिसाब किताब हुन्छ भन्दा श्रेष्ठ विवादमा परेका थिए ।

पहिले झैं यो सरकारमा पनि ११ सदस्यीय मन्त्रीमण्डलमा जम्मा १ जना मात्र महिला छन् । माओवादी केन्द्रका लमजुङकी सांसद मधु अधिकारी गुरुङ मात्र मन्त्री बनेकी छन् । काँग्रेसले ५ जनामा एक जना पनि महिलालाई मन्त्री बनाएन । जसपाकी धनमाया लामालाई पनि बाटो छेकिएको छ ।
नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीको सपथ लिएका थिए । त्यसै दिन उनले अरु ४ जनालाई विना विभागीय मन्त्री बनाएका थिए । कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) २९ जेठमै मन्त्री नियुक्त भएका थिए । २७ असारमा उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जसपाका आचार्य ऊर्जा तथा सिँचाइ मन्त्री छन् भने माओवादीकी अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् । स्वतन्त्र सांसद मनाङे युवा तथा खेलकुद मन्त्री छन् । सामाजिक विकासमन्त्री कुमार खड्कालाई भौतिक पूर्वाधारको जिम्मेवारी दिइएको छ ।
तस्वीरः सौजन्यः प्रकाश ढकाल
गण्डकी मन्त्रीपरिषद्को पूर्णताः मुख्यमन्त्रीसहित काँग्रेस ५, माओवादी ४, जसपामाथि फेरि धोका !
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने