शुक्रबार सबेरै मस्तिष्कघात भएपछि मनिपाल हस्पिटलबाट थप उपचारका लागि काठमाण्डौ लगिएका पोखरा महानगरपालिका मेयर मानबहाुदर जिसीको बाँसबारी स्थित न्यूरो (स्नायू) हस्पिटलमा उपचार भइरहेको छ ।
अहिले मेयर जिसीको विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । मेयर जिसीको स्वास्थ्य स्थिर र सुधारोन्मुख रहेकको मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । काठमाण्डौ पुग्नासाथ न्यूरो हस्पिटलमा टाउकोको एमआरआई गरी केही औषधी चलाइरहेको र त्यसबाट सुधार भए शल्यक्रिया गर्नुनपर्ने चिकित्सकको भनाई छ । चिकित्सकहरुले शरीर सुन्निँदै गएमात्रै शल्यक्रिया गर्नुपर्ने नत्र औषधीकै आधारमा सञ्चो हुँदै जाने बताएका छन् ।

मेयर जिसीको उपचारमा प्रत्यक्ष संलग्न डा. बालगोपाल कर्माचार्यका अनुसार मेयर जिसीलाई हृदयघात नभई मस्तिष्कघात भएको बताए । उनले मेयर जिसीलाई पोखरामा रगत पातलो बनाउने औषधि दिइएको र थप उपचारका लागि काठमाण्डौ लगिएको बताए । मेयर जिसीलाई असहज हुनासाथ अस्पताल ल्याएर सो औषधि चलाउन पाएको भए उत्तम हुने थियो भन्दै अलि ढिला भएतापनि राम्रै प्रभाव परेको बताए ।
शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका उनलाई मेडिप्लस हस्पिटल लगिएको थियो । थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको हो । चिकित्सकीय सल्लाहमै मेयरलाई शुक्रबार मध्यान्ह १२ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको हो । मौसमका कारण हेलिकप्टर उडानमा ढिलाई भएको थियो ।

मेयर जिसीलाई न्यूरो अस्पतालमा दिउँसो गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकी अध्यक्ष जगत विश्वकर्मा, पोखराका उपमेयर मञ्जुदेवी गुरुङ, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतले भेटेका थिए । मेयर जिसीको मस्तिष्कको एउटा नसामा सामान्य अवरोध देखिएको छ । उनको देब्रेहरमा त्यसले असर गरेको छ ।

पोखराका विभिन्न व्यक्ति तथा संघसंस्थाले मेयर जिसीको स्वास्थ्य लाभको कामना गरेका छन् । महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर मेयर जिसीको स्वास्थ्य लाभको कामना गर्दै मेयरको स्वास्थ्यस्थितिका बारेमा नगरबासीलाई औपचारिक जानकारी गराएका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते