पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर एक युवकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका १७ काउछेघारीस्थित फुस्रेखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा स्याङ्जाका २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार मृतक स्याजाङको बिरुवा गाँउपालिका ७ डिही घर भइ हाल पोखरा १७ हनुमान टोल बस्दै आएका थिए । उनलाई आज बिहान सवा १० बजे माछा मार्ने क्रममा फुस्रे खोलाले ५ सय मिटर जति बगाएर ब़ीच भागमा अड्काएको थियो ।
घटना पश्चात वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको ११ जनाको टोलीले सशस्त्र प्रहरीको रेश्क्यु टोलीको सहयोगमा मृत अवस्थामा खोलाबाट बाहिर निकालेको हो ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखराबाट प्रहरी सहायक निरिक्षक तेजबहादुर सार्कीको कमाण्डमा खटिएको ८ जनाको टोलीले मृतक गुरुङको शव दिउसो सवा १२ बजे बाहिर निकाले हो । शव पोष्टमार्टमका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरमा पठाइएको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
मधेशी आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
फेवाताल सीमाभित्रका संरचनामा बिहानै डोजर चल्यो, स्थानीय चक्काजाममा उत्रिए [भिडियो]
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप