गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ५ जना मन्त्री नियुक्त गरेका छन् ।
किरण गुरुङलाई अर्थमन्त्री नियुक्त गरिएको छ भने राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्सालको भने जिम्मेवारी तोकिएको छैन। विना विभागीय छन्। मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।
नवनियुक्त मन्त्रीले आजै प्रदेश प्रमुख सीता कुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः ठूलो दलको नेताको हस्यितमा दास्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोरोना संक्रमणका कारण आइसोलेसनमै रहेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो ।
मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने भएका छन् । सामाजिक विकास मन्त्रालय फुटाएका गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् । माओवादीको भागमा परेको मन्त्रालय अझै पनि रिक्त नै छ । यो सरकार पनि जेठ २९ भित्र विश्वासको मत प्राप्त गरिसक्नुपर्नेछ । यदि नपाएको खण्डमा फेरि पदमुक्त हुनेछन् ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन