पोखरा – बिहीबार कास्कीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये कास्कीको माछापुछ्रे गाउँपालिकाका एकै वडाका १३ जना रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १२० जनामा गरिएको परीक्षणमा माछापुछ्रे गाउँपालिका वडा नं -४ का १० जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । केही महिनायता पोखरा महानगर बाहेक कास्की जिल्लाका अन्य स्थानमा कोरोना संक्रमितको संख्या शून्य थियो ।
यस्तै आज पुष्टि भएका अन्यमा पोखरा महानगर -४ का १ जना, पोखरा -५ का २ जना, पोखरा -८ का १ जना, पोखरा -१३ का २ जना, पोखरा -५ का १ जना, पोखरा -१० का १ जना, पोखरा -११ का १ जना, पोखरा -१५ का २ जना, पोखरा -१६ का १ जना, पोखरा -१६ का १ जना, पोखरा -१९ का १ जना, पोखरा -२६ का १ जना र पोखरा -२९ का १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै आजकै परीक्षणमा कास्की जिल्ला बाहिर तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकाका वडा नं -४ मा १ जना र वडा नं -८ मा १ जनामा गरी आज गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय ५१ पुगेको छ, जसमा सक्रिय संक्रमित २६३ छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ८३ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा