पोखरा – बिहीबार कास्कीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये कास्कीको माछापुछ्रे गाउँपालिकाका एकै वडाका १३ जना रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका १२० जनामा गरिएको परीक्षणमा माछापुछ्रे गाउँपालिका वडा नं -४ का १० जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । केही महिनायता पोखरा महानगर बाहेक कास्की जिल्लाका अन्य स्थानमा कोरोना संक्रमितको संख्या शून्य थियो ।
यस्तै आज पुष्टि भएका अन्यमा पोखरा महानगर -४ का १ जना, पोखरा -५ का २ जना, पोखरा -८ का १ जना, पोखरा -१३ का २ जना, पोखरा -५ का १ जना, पोखरा -१० का १ जना, पोखरा -११ का १ जना, पोखरा -१५ का २ जना, पोखरा -१६ का १ जना, पोखरा -१६ का १ जना, पोखरा -१९ का १ जना, पोखरा -२६ का १ जना र पोखरा -२९ का १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै आजकै परीक्षणमा कास्की जिल्ला बाहिर तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकाका वडा नं -४ मा १ जना र वडा नं -८ मा १ जनामा गरी आज गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय ५१ पुगेको छ, जसमा सक्रिय संक्रमित २६३ छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ८३ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते