पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडा (सितापाईला) मा आफू माथि गोली हान्यो भन्दै एक युवक चोट बोकेर प्रहरी कहाँ पुग्यो । उनको दाहिने कोखा (पेट)मा घाउको प्वाल थियो । तर, अहिले सिटी स्क्यान रिपोर्टपछि गोली नलागेको नभई धारिलो हतियार प्रहार भएको प्रहरीले डाक्टरलाई उदृत गर्दै जानकारी दिएको छ ।
पेटमा चोट लिएर घटनास्थलबाट मोटरसाइकलमै वडा प्रहरी कार्यालय बैदामसम्म पुगेका पर्वतको मोदि गाउँपालिका वडा नं. ८ का मनोज विश्वकर्माले आफूमाथि बन्दुक प्रहार भएको प्रहरीलाई बताएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
शुक्रबार बेलुकी ७ बजेतिर घटना भएको हो । उनलाई ढिलो नगरी उपचारका लागि प्रहरलिे नै गण्डकी मेडिकल कलेजमा लगेका थिए । त्यहाँ उनको रिपोर्ट गनशट नभई गोलो आकारको धारिलो हतियारले घोचेको देखिएको डाक्टरको भनाई उदृत गर्दै डिएसपी हमालले गण्डकन्यूजलाई बताए । डिएसपी हमाल राति १० बजेतिर आफै अस्पताल पुगेका थिए । अहिले घाइते बिकको अवस्था मध्यम रहेको र खतरामुक्त भएकाले वार्डमा सारिएको छ ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालको भनाई जस्ताको तस्तै:
एक जना घाइते हुनुभएको हो । गोली चलेको पुष्टि भएको छैन । घाइतेले त बन्दुक नै हानेको भन्नुहुन्छ । आफै बाइक चढेर बैदाम प्रहरी कार्यालयसम्म पनि पुग्नुभयो । हामीले नागरिकको जिऊको सुरक्षा गर्ने पहिलो दायित्व हो । ढिला नगरी पहिले अस्पताल लग्यौं । अवस्था मध्यम छ । उहाँले गोली नै हानेको भन्नुभएपनि डाक्टर साबहरुले भने गोलीले पेट छेडिएको होइन, गनसट होइन भन्नुभएको छ । अहिले केही नलेख्नुहोला । हामी अनुसन्धानमै छौं । घटनामा संलग्नलाई खोजी कार्य सुरु भइसकेको छ ।
गण्डकी मेडिकल कलेजका डा. केशव शर्मा भन्छन्ः
पेटमा चोट छ । रिपोर्ट हेर्दा गनशट जस्तो लागेन । यदि गोली लागेको भए गोली पसेको ठाउँ सानो र निस्केको ठाउँमा ठूलो घाउ हुन्छ । धारिलो हतियार प्रहार भएको जस्तो लाग्छ । एकातिर कोपेर अर्कोतिर निस्कने गरी हानेको जस्तो देखिन्छ । ठूलो आन्द्रा छोएको, मिर्गौलालाई असर परेको जस्तो देखिएको छ । गोलीको घाउ जस्तो लाग्दैन ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा