माघ १६ गते शहिद दिवस । यस अवसरमा शहिदका सम्मानमा देशभर विभिन्न कार्यक्रम आयोजना भए । पोखरामा पनि विभिन्न संघ संस्थाले दीप प्रज्वलन गरी शहिदहरुको स्मरण गरेका छन् ।
दाह्री ग्याङ पोखराद्वारा सहिदहरुको सम्झनामा पोखरा महानगरपालिकाले पोखरा १८, जामुनबोटमा निर्माण गरेको राष्ट्रिय विभूति तथा शहिद पार्कमा दीप प्रज्वलन गरिएको छ ।

प्रजातन्त्र स्थापनाका लागि प्राण आहुती दिने शहिदहरुप्रति सम्मान व्यक्त गर्दै संस्थाले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो । त्यसैको सम्झना र वीरहरुको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १६ मा शहिद दिवस मनाइन्छ ।

एक मिनेट मौन धारण गरेर शहिदहरुलाई सम्झना पनि गरिएको संयोजक अभिमन्यू पाण्डे (विक्रम) ले जानकारी दिए । संस्थापक संयोजक शेखर गौतम, निवर्तमान संयोजक बसन्त पहारी, सहसंयोजक बसन्त मिश्र लगायत दाह्री ग्याङ मेम्बरहरुले मैन बत्ती बालेर शहिदहरुको स्मरण गरेका थिए ।

विभिन्न पेशा व्यवसायमा रहेर पोखरामा सक्रिय रहेका दाह्री सौखिन युवाहरुले निःस्वार्थ भावनाका साथ मानविय सेवामा समर्पित रही विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
तस्वीरः वीरेन्द्र पराजुली
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन