पोखरा । दाह्री ग्याङ पोखराको ४९ औं आधिकारिक बैठकले अभिमन्यु पाण्डे (विक्रम) लाई संयोजक र बसन्त मिश्रलाई सह–संयोजकमा सर्वसम्मतिले जिम्मेवारी प्रदान गरेको छ ।
यसअघि शेखर गौतमले २ वर्ष र बसन्त पहारीले साढे २ वर्ष संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । नवनियुक्त संयोजक र सह–संयोजकलाई दारी दाह्री पोखराका पूर्वसंयोजक शेखर गौतम र निवर्तमान संयोजक बसन्त पहारीले खादा ओढाएर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए ।
नवनियुक्त संयोजक पाण्डेले सबै सदस्य साथीहरुको सहयोग लिएर अघि बढ्न सकिने बताउँदै दाह्री ग्याङको आधिकारिक कार्यालय खोल्ने, नवयुवालाई व्यापार/व्यवसायमा प्रोत्साहन गर्ने, तत्काल आपतकालिन सेवामा सदैव तत्पर रहने, समाजमा हुनेनकारात्मक घटना, विसंगतिलाइ हटाउन सम्बन्धित निकायमा दबाब दिने लगायत आफ्ना भावी योजना प्रस्तुत गरेका थिए ।
दाह्री ग्याङ पोखराले फेवाताल सरसफाइ, आकस्मिक र नियमित रक्तदान, निम्न वर्गीय परिवारलाई स्वास्थ्य उपचार खर्च सहयोग, विपन्न परिवारलाई सहयोग, सडक तथा अनाथ बालबालिकालाई सहयोग, विद्यालयलाई ह्वाइट बोर्ड सहयोग लगायत उदारहणीय कार्यहरु गर्दै आएको छ ।
२०७२ फाल्गुण ६ गते खोलिएको फेसबुक ग्रुपको सञ्जाल अहिले देशभर फैलिसकेको छ । सदस्य संख्या बढेसंगै फेसबुक ग्रुपमार्फत् सामाजिक रुपान्तरणका लागि अघि बढ्ने उद्देश्य राखेको दाह्री ग्याङ अहिले नेपालका ३० भन्दा बढी जिल्लामा सक्रिय छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ